news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

पुस १८, २०७४ -  राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आगामी आइतबारबाट नागरिक परिचय पत्र वितरण गर्ने भएको छ । पहिलो चरणमा पाँचथर जिल्लाका १ लाख १० हजार र सिंहदरबारमा कार्यरत ७ हजार निजामती कर्मचारीलाई परिचय पत्र वितरण गर्ने केन्द्रले जनाएको छ ।

सिंहदरबारमा आज पत्रकारसँग कुरा गर्दै केन्द्रका प्रमुख कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले पाँचथर र सिंहदरबारका कार्मचारीका लागि परिचय पत्र वितरणका लागि तयारी पूरा भएको जानकारी दिनुभयो । गत पुष १३ गते बसेको मन्त्रिपरिषद् बैठकले परिचय पत्र सेक्यिुरिटी फिचरका सम्बन्धमा निर्णय गरेकाले परिचय पत्र वितरणका लागि बाटो खुलेको सुवेदीको भनाई छ ।  परिचय पत्रमा जैविक र वैयक्तिक विवरण पूरा हुनुका साथै नदेखिने गरी सेक्युरिटी चिह्न र फिचर राखिने तयारी भएको उहाँले बताउनुभयो । राष्ट्रिय परिचय पत्रमा, जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकताको सबै जानकारी, बुवा र बाजेको नाम समेत उल्लेख हुनेछ । कार्यकारी निर्देशक सुवेदीले आगामी दिनमा जन्मदर्ता नम्बरलाई, नागरिक परिचय पत्रमा राखिने व्यवस्था सहित लाईसेन्स, बैंकका एटीएमलाई पनि सोही परिचय पत्रबाट प्रयोग गरिने तयारीमा लागेको उल्लेख गर्नुभयो ।  


Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Facebook Live Feed