news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगन्ज, कार्तिक ३१ – वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले महानगरपालिकाबाट उपलब्ध गराइने कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ । वीरगन्ज महानगरपालिका कार्यालयको प्रथम कार्यपालिकाको बैठकमा मेयर सरवागीले यस्तो घोषणा गर्नु भएको हो ।

वीरगन्ज महानगरको सभागृहमा हिजो सम्पन्न भएको प्रथम महानगरपालिकाको कार्यपालिका बैठकबाट मेयर सरावगीले महानगरपालिकाबाट उपलब्ध कुनै सेवा सुविधा नलिने निर्णय सर्वसम्मत बाट उक्त निर्णय पारित भएक छ । निर्णय अनुसार मेयरको तलब भत्ता, गाडि र अन्य कुरामा खर्च हुने रकम जोगाएर एउटा मेयर कल्याणकारी कोष निर्माण हुने निर्णय भएको छ ।

मेयर कल्याणकारी कोषमा जम्मा भएको रकमलाई मेयर सरावगीले उमेर नपुग्दै विधवा भएका महिलाहरुको पुनर्स्थापन, गरिब र असक्षम बालबालिकाहरुको शिक्षा, गरिब असाहय व्यक्तिहरुको घर निर्माण, असहाय, सडक बालबालिका तथा व्यक्तिहरुको कल्याण र कुनै पनि आपतकालीन अवस्था परेको खण्डमा प्रयोग गर्न घोषणा गर्नु भएको छ ।

मेयर सरावगीले उक्त कोषमा अन्य सामाजिक, राजनीतिक र व्यावसायिक व्यक्तिहरुलाई पनि योगदान गर्न अनुरोध समेत गर्नु भएको छ । नेपालमा पहिलो पटक कुनै मेयरले कार्यालयबाट प्राप्त सेवा सुविधा नलिने घोषणा गरेको हो ।

बैठकमा वीरगन्ज महानगरपालिकामा बसोबास गरेका शहिदका आश्रित परिवारहरुलाई वडा कार्यालयको सिफारिस र जिल्ला स्वास्थ्य समितिको सिफारिसको आधारमा सरकारी अस्पताल वा सो अस्पतालबाट सिफारिस गरेको स्वदेशका अन्य अस्पतालहरुबाट उपलब्ध गराउने , स्वास्थ्य सेवालाई नि:शुल्क गराउने व्यवस्थाका लागि आवश्य कार्यविधि बनाई नि:शुलक उपचार व्यवस्था मिलाउने निर्णय भएको छ ।

त्यसैगरी वीरगन्ज महानगरपालिकामा स्थायी बसोबास गरेका ६५ वर्ष वा सो भन्दा माथिका जेष्ठ नागरिकलाई सरकारी अस्पतालमा स्वास्थ्य जाँचका लागि नि:शुल्क टिकटको व्यवस्था मिलाउने निर्णय भएको मेयर सरावगीका स्वकीय सचिव तबरेज अहमदले जानकारी गराउनु भयो ।

काठमाडौं- रेडियो नागरिक ९६.५ को आयोजनामा 'सानमिगल वियर फेष्टिवल २०१७' आयोजना भएको छ। नेपालमा पहिलो पटक आयोजना भएको फेष्टिवलमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो। फेष्टिवलमा सुपथ मूल्यमा वियर सहित वारविक्यू, नेवारी फुड र रेष्टुरेन्टको सुविधा रहेको थियो। भृकुटिमण्डपमा भएको वियर फेष्टिवलमा दर्शकहरुले खाना, वियर र म्युजिकको स्वाद एकै ठाउँमा लिएका थिए। परिवर्तन व्यान्ड, विग स्माइल र डिजे फुचेले विशेष सांगीतिक प्रस्तुति दिए।

काठमाडौं- दुई वर्षअघिको भूकम्पका कारण घटेको पर्यटक आगमनमा पछिल्लो समय सुधार आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ को पहिलो आठ महिनामा करिब ६ लाख  पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०१६ को पहिलो ६ महिनामा तीन लाख ५९ हजार ६ सय ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो वर्ष ६ महिनामा चार लाखभन्दा बढी पर्यटक आएका छन् ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महानिर्देशक सञ्जीव गौतमलाई स्पस्टीकरण सोधिएको खुलेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको बजेटमा यती इनकर्पाेरेट कम्पनीको नाममा रहेको करिब ७ बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ ।

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

013642
Today
Yesterday
This Week
This Month
Last Month
All days
159
287
446
3329
5313
13642

Your IP: 107.20.115.174
2017-12-11 18:49

Facebook Live Feed