news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

३ पुस, लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जिनियर रामबहादुर यादवलाई लहानबाट पक्राउ गरेका छन् ।


लगत्तै यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारका एसपी कृष्णसिंह थापाले बताए । घरेलु तथा साना उद्योग कार्यालय, लहानले कन्स्ट्रक्सन दर्ताको लागि जिल्ला प्राविधिक कार्यालयको सिफारिस माग गरेको थियो ।रामजानकी कन्स्ट्रक्सन दर्ताको लागि सिफारिस गरिदिए बापत इन्जिनियर यादवले घुस मागेका थिए । घुस वापतको ८ हजार रुपैयाँ यादवले महावीर मिष्ठान्न भण्डारमा आएर रामजानकी कन्स्ट्रक्सनका प्रोपाइटरबाट लिएका थिए ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय, इटहरीमा लगिएको छ ।

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Facebook Live Feed