news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

वीरगंज, पुस २०- आज वीरगञ्जलाई प्रदेश नं २  को राजधानी बनाउन माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । यस प्रदर्शनमा बिभिन्न संघ सस्था लगायत काँग्रेस, एमाले विभिन्न दलका अगुवा तथा युवाहरुको सहभागीतामा प्रदर्शन गरिएको हो ।

वीरगञ्जको घन्टाघरबाट शुरु भएको दवाव र्याली  माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताले आन्दोलनमा सवभन्दा बढी मार वीरगंजवासीले भोगेको र राजधानी बनाउने बेला जनकपुरलाई बनाउन खोज्नु वीरगंजवासी संग षडयन्त्र बाहेक अरु केही नभएको बताउनुभयो ।यसैगरी पुर्वमन्त्री सुरेन्द्र चौधरीले हावातालमा राजधानी घोषणा गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी दिनुभयो । आर्थिक दृष्टिकोणले प्रदेश नं. २ का जिल्लाहरु बारा पर्सा भन्दा अबल नभएको बताउदै भबिष्यमा बारा र पर्सा प्रदेश नं. २ बाट हटे भने प्रदेश सभाका कर्मचारीहरुलाई तलब खुवाउने पनि हैसियत जनकपुर संग नहुने बताउनु भयो । सो अवसरमा पुर्व सांसद बिचारी यादब, एमाले नेता बसुरुद्दिन अन्सारी, शम्भु गुप्ता, धु्रब कुशवाहा, नेपाली काँग्रेसकै नेताहरु अरबिन्द गुप्ता, श्याम पटेल, बीरेन्द्र पटेल, सुधिर पटेल, ओमप्रकाश सर्राफ,अकलेश साह कमल चौगाइ लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Facebook Live Feed