news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगंज २८ कार्तिक । बिरगंजमा बलात्कार आरोपीहरुलाई पक्राउ गर्न नसकेकोमा पर्सा प्रहरीको आलोचना हुन थालेको छ । बलात्कारका आरोपी राजनीतिक परिवारका सदस्य भएकोले प्रहरीले पक्राउ गर्न उत्सुकता नदेखाएको भन्दै आलोचना हुन थालेको हो । गत कार्तिक १२ गते पर्साको संखुवा प्रसौनी गाँउपालिका वडा ४ देउरवानाका एक किशोरीको सामुहिक बलात्कार भएको थियो । बलात्कारको घटनाको

 

 

बिषयमा प्रहरीलाई जानकारी दिदा समेत प्रहरीले कुनै सक्रियता नदेखाएको स्थानीयले बताए ।


प्रहरी सक्रिय नभएकै कारण उनीहरु लुक्न सफल भएको स्थानीयको भनाई छ । बलात्कार जस्तो जघन्य अपराधका आरोपीहरुले उन्मुक्ति पाएको भन्दै बीरगंज मंगलवार प्रहरी बिरुद्ध प्रर्दशन गरिएको छ ।
घटनाको १६ दिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै बिरोध गरिएको हो । कार्यक्रममा बाम गठबन्धनका युवा नेता रहवर अन्सारीले कानून लागू गर्ने संस्थाको कमजोरीका कारण अपराधीहरुले उन्मुक्ति पाउनु ठिक नभएको बताए । उनले न्यायमा पीडित पक्षको पहुच स्थापित गर्न आफूले सहयोग गरिरहने प्रतिवद्धता जनाए । यसै गरि बिबेकशील साझा पार्टी पर्साका सुरेश बादल ले पनि बिबेकशील साझा पार्टीले अपराधीलाइ कारवाही नगरे आगामी दबाब कार्यक्रम ल्याउने बताउनु भएको छ / अर्का युवा नेता महमुद अन्सारीले प्रहरीको अर्कमन्यताको आलोचना गर्दै समाजमा अपराध गर्नेले शान देखाउने अवस्था आउने चेतावनीदिए । उनले न्याय मरेको छैन भन्ने कुरा स्थापित गर्न प्रहरीले तत्काल आरेपीहरुलाई गिरफतार गर्नु पर्ने बताए । अन्य वक्ताहरुले देशमा बलात्कारको घटना दिनदिनै बढदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए । उनीहरुले आरोपीले राजनीतिक संरक्षण पाएको आक्रोश ब्यक्त गरेका थिए ।
राजनीति संरक्षणको कारण बलात्कारीको मनोबल बढदै गएकोमा चिन्ता समेत व्यक्त गरेका थिए । समाजिक अभियन्ता प्रकाश थारुको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदी, बाम गठबन्धनका युवा नेताहरु फिरोज मन्सुर, अकलेश साह, रामकिसोर सिंह पराग, युवा नेता ओमप्रकास सर्राफ, नितेश वर्णवाल, मनिषा पटेल, आस्था उपाध्याय,बिशेषता उपाध्याय बिबेकशिल्का दिजेन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियो ।

 

कार्तिक २१, २०७४-कांग्रेसबाट बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज गर्न तत्कालै निर्णय लिएको निर्वाचन आयोग त्यस्तै प्रवृतिको अर्को उजुरीमा भने मौनता साँधेको छ । 

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका माओवादी पार्टीबाट उम्मेदवार शिवपूजन रायविरुद्ध जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयदेखि आयोगसम्म उजुरी परेको छ । तर, त्यसबारे आयोगले कुनै निर्णय लिएको छैन । पहिलो संविधानसभामा सदस्य रहेका राय आफूले पाएको कुटनीतिक राहदानीको दुरुपयोग  गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति हुन् । उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका छन् । विशेष अदालतले २०७२ साउन २६ गते कुटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई ४ महिना कैद र १५ हजारको जरीवानाको फैसला गरेको छ । उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । जिल्लाले पनि उक्त उजुरी उपर निर्णय लिने सम्बन्धमा आयागमै पत्राचार गरेको छ । पहिलो संविधानसभा तात्कालिन सर्लाही निर्वाचन क्षेत्र नम्बर ६ बाट संघीय समाजवादी फोरमबाट निर्वाचित राय दोस्रो संविधानसभामा तराई मधेस सदभावना पार्टीबाट उम्मेदवार भई पराजित भएका थिए । यतिबेला उनी माओवादीबाट उम्मेदवार बनेका छन् ।स्रोतले रायको उम्मेदवारी खारेज गर्नुपर्ने र नगर्नुपर्ने दुवै पक्षको दवाबमा आयोग छ । निर्धारित समय भित्र उजुरी नपरेको भन्दै यस मुद्दालाई गम्भीरता पूर्वक नहेरिएको दावी समेत स्रोतले गरेको छ । तर, औपचारिक रुपमा यससम्बन्धम आयोगले केही प्रतिक्रिया दिएको छैन । कांग्रेस नेता जोशीजस्तै रायले पनि फौजदारी अभियोगमा विशेष अदालतबाट सजाय पाएको देखिएकाले त्यही अनुसार उनको उम्मेदवारी खारेज हुनपर्ने उजुरीकर्ता सिंहले जिकिर गरे ।




यो वेवसाइट तराई न्युज  आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ र हप्ताको प्रतेक सोमबार बिरगंजबाट पत्रिका प्रकासन हुने गर्छ|

 

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ९८५१२३२८१४


सह - सम्पादक :
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- This email address is being protected from spambots. You need JavaScript enabled to view it.
Office :- birganj 8 parsa(Nepal)

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

013686
Today
Yesterday
This Week
This Month
Last Month
All days
203
287
490
3373
5313
13686

Your IP: 107.20.115.174
2017-12-11 19:00

Facebook Live Feed