news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

७ बैशाख, काठमाडौं । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका गुन्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन् ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।बिहीबार साँझ पक्राउ परेका मनाङेलाई शुक्रबार जिल्ला अदालत उपस्थित गराइएको थियो । र, उनलाई डिल्लीबजार कारागार जलान गर्न अदालतले आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले अनलाइनखबरलाई बताए ।

सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । पछिल्लो दुई सातादेखि भने उनी काठमाडौं आसपासमै थिए । उनको लोकेसन नुवाकोट ट्रेस भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । तर, उनी फेला परेनन् ।

ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयम्भूबाट पक्राउ परेका थिए ।

यसअघि गौशालाबाट पेस्तोलसहित पक्राउ परेका अर्का गुन्डा नाइके गणेश लामा पनि डिल्लीबजार कारागारमै छन् ।

के हो मुद्दा ?

दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो ।

प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता र्गयो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर र्गयो ।

सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको हो ।

Pin It

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

070675
Today
Yesterday
This Week
Last Week
This Month
All days
1136
684
4823
57490
23279
70675

Your IP: 207.241.232.247
2018-08-31 20:09

Facebook Live Feed