news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

लन्डन—वेलायतको राजधानी लन्डनको दक्षिणी क्षेत्रको भूमिगत ट्रेनमा बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तिमा १८ जना घाइते भएका छन्। यो घटनामा कट्टपन्थी समूहको भूमिका रहेको वेलायती सुरक्षा संयन्त्रहरुको अनुमान छ।



प्रहरीले विस्फोटका लागि इम्प्रूभाइज्ड एक्स्पोलिस डिभाइस अर्थात् आइइडीको प्रयोग गरेको बताएको छ। लन्डनको भूमिगत ट्रेन नेटवर्कको खुले ठाउँमा निर्मित पर्सन्स ग्रीन स्टेशन रहेका प्रत्यक्षदर्शीका अनुसार ट्रेनको एउटा डिब्बामा विस्फोट भयो त्यसपछि धुँवा देखियो।

विस्फोटपछि यात्रुहरुले डिब्बाभित्र चिच्याएका थिए। ट्रेनको ढोका खुलेपछि पहिला बाहिर निस्किन दौडादौड भएको थियो। सो क्रममा केही घाइते भएका छन्।

घटनास्थल पुगेका बीबीसी संवाददाताका अनुसार विस्फोटबाट अनुहार जलेकी एक महिलालाई रेलबाट बाहिर निकालियो र एम्बुलेन्समा राखेर लगियो। ट्रान्सपोर्ट फर लन्डनले ट्विट गर्दै घटनाको जाँच गरिरहेको जनाएको छ।

Pin It

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

070675
Today
Yesterday
This Week
Last Week
This Month
All days
1136
684
4823
57490
23279
70675

Your IP: 207.241.232.247
2018-08-31 20:09

Facebook Live Feed