news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

न्यूयोर्क – उत्तर कोरियाले शुक्रबार जापान माथि गरेको मिसाईल परीक्षणलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले कडा शब्दमा निन्दा गरेको छ।



उत्तर कोरियाले शुक्रबार जापानको हकाइदो टापुको आकाशमाथि मिसाइल परीक्षण गरेको थियो। उक्त मिसाइलले करिब ३७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको थियो।

यस अघि उत्तर कोरियाले परीक्षण गरेको मिसाइलले करिब ३००० किलोमिटरको दूरी तय गरी जापानको सामुद्रिक क्षेत्रमा खसेको थियो । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको संकेत दिनका लागि साइरन बजेको थियो उक्त संकेत पाउनासाथ जापान सरकारले नागरिकहरूलाई आश्रयका लागि अनुरोध गरेको थियो।  

उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बमयुक्त मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक रूपमा बसेको बैठकमा ऊमाथि  थप नाकाबन्दी लगाउनुपर्ने अमेरिकी प्रस्तावलाई विश्वका १५ मुलुकहरूले पास गरेका थिए।
उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नका लागि दक्षिण कोरियाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको थियो । उक्त बैठकले उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको कडा शब्दमा निन्दा गरेको थियो।

संयुक्त राष्ट्रसंघले लगाएको विभिन्न नाकाबन्दीको बाबजुत पनि उत्तर कोरियाले मिसाइल परीक्षणलाई निरन्तरता दिइ रहेको छ ।

Pin It

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

070675
Today
Yesterday
This Week
Last Week
This Month
All days
1136
684
4823
57490
23279
70675

Your IP: 207.241.232.247
2018-08-31 20:08

Facebook Live Feed