
चैत्र १८ - पर्सागढी नगरपालिकाको झबराहामा विद्यालयबाट फर्केर आफ्नै घरमा पोसाक फेर्न लागेकी १२ वर्षीया बालिकालाई टोलकै एक युवाले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।
मंगलबार घरमा कोही नभएको मौका छोपेर छिमेकमा बस्ने युवकले ति बालिकालाई बलात्कार गरेको थियो । बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने स्थानीय सीताराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ /
पर्सामा यस बलात्कार पछी लगातार ३ वटा घटना सार्बजनिक हुदा पनि यहाका प्रसाशन कानमा तेल हाली हटेका छन् / अपराधीलाई कडाकारवाही को मागराख्दै तेश्रो आँखा संस्थाको योजनामा र रकक्षा नेपालको सहयोगमा दबाब रेयाली निकालेका छन् सो रेली बारा को जितपुर हुदै झबराहा गाउ सम्म पुगेको थियो / यस रेयालिमा साना बाल बालिका बुढा पाखा युवाहरुको आक्रोस सहितको नाराबाजी गर्दै सहभागिता भएका थिए भने हाल केहि दिन देखि मिलापत्र गराउन आरोपी पक्षबाट पटक पटक धम्की आइरहेको पिडित पछकि काकी पर्नेले बताएकी छिन / यस र्यालीमा तेस्रो आँखाका अध्यक्ष मुस्ताक आलम,सचिव सबनम खातुन र रक्षा नेपालकि सावित्री सुबेदीको उपथिती रहेको छ /








