news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

तराइ न्युज चैत्र  २० - आज देखी प्रत्येक दीन बिहान 5:30 बजे देखी बिरगजको श्रीपुर वर्डा प्रहरी कार्यालय प्रमुख प्र नि श्री कुमार मैनाली ज्यूको नेतृत्वमा नवमजनू सफाया गर्ने ऑपरेशन शुरू भइसकेको छ !
हाम्रा छोरीचेली हरुलाई स्कूल कॉलेज जाने वातावरण बिगार्ने अहिले केहि नव धनाढयका भुसहा छोरा हरुले 220 cc तथा स्पोर्ट बाइक लिएर बिहान 5बजे देखी नै स्कूल कॉलेज जाने छोरी चेलीलाई बाटो छेकने, कपल तानने,जिसकाउने ,गाल्ला चिमोटने जस्तो अमानविय व्यवहार देखाउने भुसहा हरु लाई अब पक्कै तह लाग्छ !
यो अभियान मा सहयोग गर्ने सम्पूर्ण सहयोगी हात हरु लाई हृदयदेखी अनुरोध गरेका छन्

पर्सा जिल्लामा केहि महीना देखी प्रायः बलात्कार को घटना भइरहेको जग जाहेर छ। यसै क्रममा बिरगंज मा अहिले नव मजनू (अल्लारे केटा) हरूको कारण बिहान कलेज जाने छोरी हरू आतंकित बनेको छ। डर त्रास को बीच कलेज जान बाध्य छ। बिहान कलेज जाने क्रममा उमेर नपुगेका साथै लाइसेन्स नभएको अल्लारे केटा हरू २२० सीसी को पल्सर ,स्पोर्ट्स बाइक लिएर छोरी चेली हरुलाई जिसकाउने ,बाइक सामने लगेर तरसाउने, सिटी बजाउने, अपशब्द बोलने, अश्लील सकेत गर्ने जस्ता क्रियाकलाप दिनहु ग़री रहेको छ। छोरी हरुले घरमा गएर भन्ने अवस्था छैन,भन्ने पनि इज्जत को डर ले प्रहरी समक्ष उजुरी गर्न जादैन। कारण समाजमा झन छोरी मान्छे लाई नै दोषी देखाउन पछि पर्दैन। तसर्थ यस्ता अल्लारे केताहरु को बिरुद्ध समाजिक अभियन्ता प्रकाश थारू अगाड़ी आएका छन। एक हप्ता अगाड़ी थारू ले फेसबुक मार्फत बिरगंज का अभिभावक लाई आआफ्नो छोराको ब्यभार लाई सुधारन अपील गरेका कुरा समेत बताउनु भएका छ।  तर नव मजनू का बुवा आमा ले ध्यान र सुधार को प्रयास नगरे पछि अभियन्ता थारू समाजिक रुपमा त्यस्ता केटा हरुको फ़ोटो ,भिडियो सार्वजनिक गर्ने,आमाबुवाको नाम सार्वजनिक गर्ने, जिल्ला प्रहरी र ट्राफिक को सहयोगमा कारबाही गर्ने चेतावनी दिएका छ साथै अल्लारे केटा हरू को बिरुद्ध आवाज उठाउन समाज लाई समेत अगाडि आऊन अपील गरेका छन। 

 बिरगंज मा बेलूकी कहिलेकाही चेक जांच भए पनि बिहान ट्राफिक प्रहरी को उपस्थिति शून्य हुन्छ। जसकारण बिहान अल्लारे केटा हरू बाइक लिएर दुख दिने गरेको छ। कलेज को बिद्यार्थी नभए पनि कलेज गेट अगाड़ी गएर उभने केटी जिसकाउने जस्ता काम गर्ने गरेको छ। सबै ले यो समस्या थाहा हुदाहुदै इनहरु को बिरुद्ध आवाज कोही कसैले उठाउने प्रयास गरेन जस कारण झन यस्ता घटना र नव मजनू को संख्या बढ्दै ग़ैईरहेको छ। प्रहरी प्रसासन मौन छ। घरमा खाना को लागि चामल उधारों मा आउछ, तर छोरा लाई उम्र नपुग्दै बाइक उपाहार दिएर झन नव धनाढ्य, बुवा बिदेशिए का जस्ता परिवार का  बुवाआमा ले छोरा लाई बिगाड़ने काम गरिरहेको छ। तर समाजिक अभियन्ता थारू ले अब को दिनमा यस्ता अल्लारे बिरुद्ध खुलेर लाग्ने जनाएका छन।

Pin It

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

070675
Today
Yesterday
This Week
Last Week
This Month
All days
1136
684
4823
57490
23279
70675

Your IP: 207.241.232.247
2018-08-31 20:08

Facebook Live Feed