news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२६ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । बिहीवार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो ।

यो घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि सबै जहाज ग्राउन्डेड गराएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसबारे कम्पनीलाई पत्र काटेर जानकारी गराएको छ । आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो । कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ ।

तर उडानका दौरान एक इन्जिन फेल हुनु गम्भीर उडान सुरक्षा इस्यु मानिन्छ । यहीकारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ ।

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368573
Today
Yesterday
This Week
Last Week
This Month
All days
128
1739
1867
1359972
16368
1368573

Your IP: 18.225.255.134
2024-04-29 19:53

Facebook Live Feed