news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज २९ चैत्र ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिका, पोखरीया, बहुदरमाई, पर्सागढी नगरपालिका सहित जिल्लाका १४ वटै स्थानिय तहमा अनियमितता र भ्रष्टाचार सम्बन्धी उजुरी ठूलो परिणाममा परेपछि नजिकबाट निगरानी बढाएको छ ।


पर्साका स्थानीय तहमा जथाभावी आफै नियम बनाउने र अनावश्यक रुपमा खर्च गर्ने प्रवृत्ति बढेको भन्दै प्रचलित कानूनले वर्जित गरेका काम गर्ने जनप्रतिनिधिलाई भ्रष्टाचारको अभियोगमा उच्च निगरानीमा राखिएको अख्तियार श्रोतले जनाएको छ ।
स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले विकास निर्माणको नाममा उपभोक्ता समिति गठन गरी निर्माणको काम आफन्तलाई जिम्मा दिने, आफ्ना र आफन्तका निर्माण उपकरण परिचालन गरि भुक्तानी लिने, तथा जनप्रतिनिधिकै संलग्नतामा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको उजुरी पर्साबाट सबैभन्दा बढी आयोगमा परेको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री गुरुङले स्थानीय तहमा अनियमितता र भ्रष्टाचारको गुनासो आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी बढाएको बताउनुभयो ।
आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताबारे निगरानी राखेको र जुनसुकै बेला पनि कारवाही हुनसक्ने चेतावनि दिनुभयो ।

jyotidaily

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368561
Today
Yesterday
This Week
Last Week
This Month
All days
116
1739
1855
1359972
16356
1368561

Your IP: 3.139.240.142
2024-04-29 19:24

Facebook Live Feed