news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज ९ असार । पर्सा प्रहरीले आज वीरगन्जको माईस्थान स्थित एक सुन पसलमा छापा मारेको छ । वीरगन्जको माईस्थान स्थित रहेको केपी स्वर्ण कला केन्द्रमा छपामारी गरि ठूलो परिमाणमा अवैध रकम र चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले बताएका छन ।

वीरगन्जको माईस्थान स्थित रहेको केपी स्वर्ण कला केन्द्र कन्हैया प्रसाद सोनारको पसल रहेको र छापा मारिमा ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदी सहित ७ जना प्रहरीले पक्राउ परेका छन ।

पक्राउ पर्नेमा रौतहट चपुरका सुर्य बहादुर, बारा चैनपुरका गुलाब साह,पर्सा रामटोलका राकेश कुमार साह,बिन्दवासनीका सुजित कुमार र चन्दन साह छन भने भारत बिहार चेरगाहाका राजकपुर साह, मोतिहारीका सुनिल प्रसाद रहेका छन ।

प्रहरीले अवैध रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरेको छ । केहि दिन देखि केपी स्वर्णकला केन्द कन्हैया प्रसाद सोनार भारत तिर गएकोले पक्राउ परेको ७ जना र नगद चाँदी जिल्ला प्रहरी कार्यालय पर्सामा लयाईएकोे छ भने केपी स्वर्णकला केन्द पसल अहिले सिल गरेको प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले बताएका छन ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368563
Today
Yesterday
This Week
Last Week
This Month
All days
118
1739
1857
1359972
16358
1368563

Your IP: 13.58.151.231
2024-04-29 19:25

Facebook Live Feed