news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

शुक्रबार, ०१ मंसिर २०८०- पर्सा । प्रहरीले पर्साको वीरगञ्‍जमा नक्कली नोट बोकेका दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्‍ज महानगरपालिका-८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्न पुगेका दुई युवालाई उनीहरूसँग रहेको नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरू बाराको कलैया उपमहानगरपालिका-३ का २५ वर्षीय उमेश कुमार र पर्साको वीरगञ्‍ज महानगरपालिका-३१ का २४ वर्षीय ऋषिलाल पटेल हुन्‌ । उनीहरूको साथबाट १००० रुपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

सो नक्कली नोट बोकेका उनीहरू वीरगञ्‍जस्थित सिटी मार्केटमा कपडा खरिद गर्न गएको र नक्कली नोटहरू दिएको सूचनाको आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई साथमा रहेको नक्कली नोटसहित नियन्त्रणमा लिई खोटा चलनसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368588
Today
Yesterday
This Week
Last Week
This Month
All days
143
1739
1882
1359972
16383
1368588

Your IP: 3.145.15.205
2024-04-29 20:27

Facebook Live Feed