news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१२ मंसिर, काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भारतमा भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । दक्षिण अफ्रिकामा कोरोना कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि भारत सरकारले सबै राज्यमा उच्च सतर्कता अपनाउने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमले उल्लेख गरेका छन् ।

भारतको केन्द्र सरकारले सबै राज्यलाई नियन्त्रणका लागि व्यापक कदम चाल्न र खोप अभियानलाई थप तीब्रता दिन भनेको छ ।

‘चिन्ताको विषय बनेको यो भेरियन्टको प्रभावकारी व्यवस्थापनका लागि व्यापक नियन्त्रण, निगरानी, खोप लगाउने कार्यमा वृद्धि र कोभिडसम्बन्धी उपयुक्त व्यवहारलाई सक्रियताका साथ लागू गर्न आवश्यक देखिन्छ’, आइतबार भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति  जारी गरेर उच्च सतकर्ता अपनाउन भनिएको छ ।

मन्त्रालयको विज्ञप्तिमा थप भनिएको छ, ‘उत्परिवर्तित भएको यो भाइरसबाट हुने कुनै पनि संक्रमणसँग जुध्न पर्याप्त परीक्षण गर्नुपर्छ । केही राज्यमा आरटी-पीसीआर परीक्षणसहित समग्र परीक्षणको मात्रा घटिरहेको अवस्था छ । पर्याप्त परीक्षणको अभावमा संक्रमण के कति फैलिएको भनेर निर्धारण गर्न निकै कठिन हुन्छ ।’

राज्य सरकारले सुरुमै पहिचान गर्न सकियोस् भनेर परीक्षण बढाउँदै आरटी तथा पीसीआरआर परीक्षणको मात्रा वृद्धि गर्नुपर्ने र संक्रमण दर ५ प्रतिशतभन्दा तल हुने गरी कदम चाल्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बेलैमा संक्रमितको उपचार होस् भनेर राज्यभर पर्याप्त स्वास्थ्य सेवा उपलब्ध हुनुपर्ने र सरकारले दिएको आर्थिक सहयोगलाई अधिकतम प्रयोग गर्न पनि स्वास्थ्यमन्त्रालयले सबै राज्य सरकारलाई अनुरोध गरेको छ ।

भारतले ओमिक्रोन भेरियन्ट पत्ता लागेका मुलुकलाई जोखिमपूर्ण क्षेत्रमा राख्दै ती मुलुकबाट आउने यात्रीहरूलाई विमानस्थलमै स्क्रिनिङ र परीक्षण गर्ने बताइसकेको छ ।

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1376103
Today
Yesterday
This Week
Last Week
This Month
All days
104
263
3054
1364765
7364
1376103

Your IP: 18.191.240.222
2024-05-19 13:07

Facebook Live Feed