news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

फागुन १५-  कश्मिरको पुलवा घटनाले भारत पाकिस्तानको सम्बन्ध झनै चिस्सिएको छ । यी दुई देश आक्रमणमा समेत अग्रसर बनिसकेका छन् । भारतले हिजोमात्र पाकिस्तानमा आक्रमण गरेपछि पाकिस्तानले पनि भारतीय भुमिमा पसेर जम्मू कश्मिरमा सेनाको क्याम्प नजिकै हवाई आक्रमण गरेको हो ।

यता पाकिस्तानले आफनो एयरस्पेशमा आएका भारतीय वायु सेनाको २ वटा विमान खसालेको पुष्टी गरिसकेको छ भने भारतीय मिडियाले यसलाई नकारेको थियो । यता भारतका बिदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने पत्रकार सम्मेलन गर्दे पाकिस्तानी सेनाले भारतमा हमला गरेको पुष्टी गरे ।उनले पाकिस्तानी विमानलाई पनि खसालेको दाबी गर्दे उनले भारतीय विमानको पाईलट हराईरहेको पुष्टी गरे । उनले भने र्दुभाग्यबस यस मिसनमा हाम्रो विमान पनि खसालिएको छ र पाईटल हराईरहेका छन् । पाकिस्तानले हाम्रो पाईलटलाई नियन्त्रणमा लिएको दाबी गरेको छ र यसमा हामी अनुसन्धान गरिरहेका छौँ ।सामाजिक सञ्जालमा पनि पाकिस्तानले भारतीय विमानलाई खसालेपछि एक जनाको मृत्यु भएको र अर्का पाईलटलाई जीवितै उद्धार गरी नियन्त्रणमा लिएको तस्बिर तथा भिडियो भाईरल बनिरहेको छ । अभिनन्दन नाम गरेका ती भारतीय विमानका पाईलटको आँखामा पट्टी बाँधेर लगिएको देखाईएको छ । उनको यतिबेला उपचारका लागि अस्पताल लगिएको पनि बीबीसीले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1376129
Today
Yesterday
This Week
Last Week
This Month
All days
130
263
3080
1364765
7390
1376129

Your IP: 3.147.51.126
2024-05-19 14:42

Facebook Live Feed