news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् ।

जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले त्यसको पालना गरेका थिएनन् । उनले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक नेता जो विडेनले मुखौटो लगाएर हिँडेको भनेर मजाकसमेत उडाएका थिए ।

तर शनिबार ह्वाइटहाउसबाट बाहिरिने क्रममा उनले मास्क लगाउनु राम्रो कुरा भएको बताए । उनले भने, ‘म कहिले पनि मास्कको विपक्षमा थिइनँ । मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, तर यसको पनि समय र स्थान हुन्छ ।’

यसअघि ट्रम्पले सार्वजनिक रुपमा अरुले देख्ने गरी, विशेष गरी पत्रकारहरुले देख्ने गरी मास्क लगाउँदै नलगाउने बताएका थिए । तर शनिबार उनी कालो मास्कमा देखिएका थिए । अस्पतालमा उनले सैनिकहरुसँग भेटघाट गरेका थिए ।

अहिले अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ । यसो हुनुमा महामारी नियन्त्रणमा ट्रम्पको बेवास्तालाई पनि कारण मानिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १ करोड २६ लाख ७९ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमणबाटै ५ लाख ६४ हजार ३ सय ९४ जनाको मृत्यु भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1376155
Today
Yesterday
This Week
Last Week
This Month
All days
156
263
3106
1364765
7416
1376155

Your IP: 3.144.40.64
2024-05-19 18:25

Facebook Live Feed