news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२७ जेठ, पोखरा । पोखराको तामक्रम शुक्रबार ३६ डिग्री सेल्सियस पुगेको छ । सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो । यसवर्ष शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुगेको छ ।

मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालकाअनुसार जुन महिनामा पोखराको तापक्रमले अहिलेसम्मकै उच्च हो । ‘अप्रिल र मे महिनामा चाहिँ अलि बढी गर्मी हुन्थ्यो । जुन लागेपछि प्रायजसो वर्षा हुन्थ्यो’, अर्यालले भने, ‘तर, यसपटक वर्षा भएन । जसका कारण जुन महिनामा तापक्रमको नयाँ रेकर्ड बनेको छ ।’

सबै सिजनको हेर्दा पोखरामा अहिलेसम्मको सर्वाधिक तापक्रम सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री पुगेको थियो । सन् १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो ।

अघिल्ला वर्षहरुमा यतिबेला वर्षा सुरु भइसक्ने भए पनि यस वर्ष अझै केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविद् अर्यालले बताए । ‘अघिल्ला वर्षहरुमा यतिबेला वर्षा सुरु भइसकेको हुन्थ्यो । यो पटक अझै ३/४ दिन सम्भावना न्यून देखिन्छ’, अर्यालले भने ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनका अनुसार बिहीबार पोखराको तापक्रम ३५.७, शुक्रबार ३६ र शनिबार ३५ डिग्री मापन भएको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368538
Today
Yesterday
This Week
Last Week
This Month
All days
93
1739
1832
1359972
16333
1368538

Your IP: 18.227.228.95
2024-04-29 18:32

Facebook Live Feed