news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौं चैत्र २२। नेपालमा अहिले सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले आफ्ना सन्तानलाई नीजि संस्थानहरुमा पठाउँने गरेका छन् । सरकारी संस्थामा काम गरेर आफुले निजी संस्था चलाउँदै हिड्नेहरुको पनि ठुलो जमात रहेको छ । आफैले पठाउँने विद्यालयमा आफ्नै छोराछोरी नपढाउँदा उनीहरुले अरुका सन्तानलाई कस्तो शिक्षा दिन्छन् भन्ने कुरामा शंका उत्पन्न हुन सक्छ ।

यो बिचमा सल्यानको एक गाउँपालिकाले नयाँ घोषणा गरेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा र सबैलाई समान शिक्षा दिने उद्देश्यले नमुना कामको थालनी गरेको छ । आगामी शैक्षिक सत्रदेखि दार्मा गाउँपालिकाले जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनु पर्ने निर्णय गरेको जनाएको छ ।

गाउँपालिकामा बासोबास गर्ने कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाएको पाइएको खण्डमा सेवाबाट बन्चित गरिने गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनु भएको छ । उहाँले गाउँपालिकाले गरेको निर्णय उल्लंघन गरेर सामुदायीक विद्यालयमा छोरा छोरी नपढाउने जनप्रतिनिधि र सरकारी कर्मचारीको तलब रोक्का गर्ने पनि जनाउँनु भएको छ ।

उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा धेरैकुरा सुधार्न आवश्यक छ जसको शरुवात हामीले गरि सकेका छौं, सामुदायिक विद्यालयमा पनि विभिन्न विधि र प्रकृयाका माध्ययमबाट कक्षा संचालन गर्ने सम्बन्धी विद्यालयमा शैक्षिक सामाग्री र तालीमप्राप्त र अनुभवी समेत उपलब्ध छन् ।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375246
Today
Yesterday
This Week
Last Week
This Month
All days
64
1583
2197
1364765
6507
1375246

Your IP: 3.21.34.105
2024-05-16 05:05

Facebook Live Feed