news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२४ वैशाख, काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरुसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरु नेपालमा नै विभिन्न व्यवसाय गर्नेहरु रहेको एसएसपी केसीले बताए ।

सम्भार अनलाइनखबर 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1369866
Today
Yesterday
This Week
Last Week
This Month
All days
101
278
3160
1359972
1127
1369866

Your IP: 18.119.133.228
2024-05-05 11:05

Facebook Live Feed