news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२०८० जेष्ठ १० गते, धनगढी कैलालीः- राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालको अगुवाईमा दलित अधिकार दशकलाई सफल बनाउन आज २०८० जेष्ठ १० देखि २१ गतेसम्म१२ दिने दलित अधिकार अभियान शुरु भएको छ ।


राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माद्धारा एक बिशेष प्रेश बिज्ञप्ती जारी सहित कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका वडा नं. ६ शिवनगरमा एक बिशेष कार्यक्रमको आयोजना गरेर उक्त अभियानको शुरुवाद भएको छ ।
अभियानको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले नेपालले संघीयता र समावेशी बिकास अबलम्वन गरिसकेको सन्दर्भमा समग्र दलित समुदायको मानव अधिकार सम्मान, संरक्षण र परिपुर्ति गर्ने मुख्य दायित्व राज्यको नै भएकोले यसतर्फ स्थानिय, प्रदेश र संघीय सरकारले दलितमैत्री निति र प्रभावकारी कार्यान्वयका लागि अनुगमन संयन्त्रको बिकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उक्त कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका महासचिव मोहन ओड, नेपाल राष्ट्रिय समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र बिके, समता मिडीया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियार र दलित जनप्रतिनिधी मञ्चका अध्यक्ष राधा बिकेले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालका गोरख सार्कीले गर्नुभयो ।
साथै राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माद्धारा जारी प्रेश बिज्ञप्तीमा भनिएको छ, “यो अभियान जेष्ठ १० गते रुकुम पश्चिममा नवराज बिक लगायतका ६ जना यूवाहरुको नरसंहार भएको दिन हो जसलाई नेपाली दलित आन्दोलनले कहिल्यै भुल्न सक्दैन र प्रतिरोध गर्ने संकल्प गर्नुपर्ने दिन हो, भने सोही दिन जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय ऐन) २०६८ संसदबाट पारित भएको दिन, जेष्ठ १५ गते संघीय संसदमा बजेट आउने दिन, जेष्ठ १६ गते महिला अधिकार दिवश, जेष्ठ १८ गते छुवाछूत बिरोधी ऐनमा लालमोहर लागेको दिन र जेष्ठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिन अर्थात दलित अधिकार दिवश हो । यी सबै दिनहरुलाई सम्झेर १२ दिने दलित अधिकार अभियानको सान्दर्भिकता रहेको उल्लेख गरिएको छ ।
१२ दिने दलित अधिकार अभियान अन्तरगत दोश्रो देखि पाँचौ दिन अर्थात २०८० जेष्ठ ११ देखि १४ गतेसम्म स्थानिय सरकारको नीति तथा कार्यक्रममा हरवाचरवा सवाल सम्बोधनका लागि मधेसप्रदेशका ८ जिल्लाका ३२ पालिकाका प्रमुखसंग भेटघाट र डेलीगेसनको फलोअप गर्ने, छैठौ देखि आठौ दिन अर्थात २०८० जेष्ठ १५ देखि १७ गतेसम्म कैलाली जिल्लाको कैलारी गाऊँपालिका, घोडाघोडी र लम्की नगरपालिकामा निर्माणाधिन सुरक्षित आवाशको सरोकारवाला अनुगमन गर्ने, नबौ दिन अर्थात २०८० जेष्ठ १८ गते जातीय छूवाछुत र बिभेद (सजाय र कसुर) ऐनको कार्यान्वयनको अवस्था र राज्यको दायित्व बिषयक लहान र धनगढीमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने, दशौ दिन अर्थात २०८० जेष्ठ १९ गतेका दिन दलित भूमि अधिकार यूनियनद्धारा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका जिल्ला भूमि आयोगमा ज्ञापनपत्र सहित डेलीगेशन, एघारौ दिन अर्थात २०८० जेष्ठ २० गते सुदूरपश्चिम प्रदेश अस्पतालका बिरामीलाई फलफुल बितरण तथा धनगढी र काठमाण्डौ स्थित सरोकारवाला निकायलाई दलित अधिकार बर्ष पुस्तक २०२२ बितरणगर्ते र अभियानको १२ औ तथा अन्तीम दिन मिति २०८० जेष्ठ २१ गतेका दिन दलित अधिकारको क्षेत्रमा कार्यरत बिभीन्न संघ, संस्थाहरुको समन्वयमा कार्यक्षेत्रका १८ वटा जिल्लाहरुमा जातीय छुवाछुत दिवश मनाउने कुरा राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका कार्यकारी निर्देशक हुकुम ब. सार्कीले बताउनु भयो ।
आजदेखि प्रारम्भ भएको १२ दिने अभियान सबैको अभियान हुनु पर्दछ भन्ने बिश्वासका साथ नेपाल सरकार, राजनितिक दलहरु, सामाजिक रुपान्तरणको अभियानका साँझेदारहरु, आबद्ध महासंघ, नेटवर्क तथा एलायन्सहरु, मानव अधिकार तथा नागरिक संगठनका अगुवाहरु, दलित राजनितिक संगठनहरु, दलित एक्टीभिष्टहरु, RDN नेपालका सबै तहक र आम दलित समुदायलाई आव्हान समेत गरिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1369916
Today
Yesterday
This Week
Last Week
This Month
All days
151
278
3210
1359972
1177
1369916

Your IP: 3.140.186.201
2024-05-05 13:45

Facebook Live Feed