news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

८ वैशाख, काठमाडौं । श्रीलंकाको चर्च र होटलहरुमा भएको श्रृङ्खलावद्ध बिस्फोटमा परी कम्तीमा २०७ जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् ।

ईसाई धर्मावलम्बीहरुले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला चर्च तथा होटलमा बिस्फोट भएको थियो ।

अधिकारीहरुका अनुसार कोच्चादाईस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको छ ।

यस्तै कोलम्बोमा साङ्ग्री–ला स्टार, किङ्गबरी र सिनेमन ग्राण्ड होटलमा बिस्फोट भएको छ । सातौ विस्फोट चिडिया घर नजिकैको होटलमा भएको थियो ।

सरकारको कर्फ्यु लगाएको छ । त्यसपछि भएको आठौं बिस्फोटमा तीन प्रहरी पनि मारिएका छन् । प्रहरीले कोलम्बोस्थित एक घरमा खानतलासी लिइरहेका बेला विस्फोट भएको हो । दुई संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले तत्कालका लागि मुख्य सामाजिक सञ्जालहरु प्रयोगमा रोक समेत लगाइएको छ ।

पहिलो विस्फोट चर्चमा

ईस्टर सन्डे इसाई क्यालेन्डरमा एक ठूलो पर्व हो र यो दिन चर्चमा भेला भएर प्रार्थना गर्ने गरिन्छ । सेन्ट एन्थोनी र अन्य चर्चामा प्रार्थनाका लागि मानिसहरु भेला भएका थिए ।

पहिलो विस्फोट कोलम्बोका कोच्चकेड जिल्लाको लोकप्रिय चर्च सेन्ट एन्थोनीमा भएको थियो । त्यहाँ ठूलो क्षति भएको छ । मानवीय क्षति पनि बढी भएको छ ।

नौ विदेशी पनि मारिए

विस्फोटमा विदेशी नागरिकहरु पनि परेका छन् । ९ विदेशी नागरिकको मृत्यु भएको श्रीलंका सरकारले पुष्टि गरेको छ । घाइतेहरुको संख्या भने यकिन भएको छैन ।

आत्मघाती आक्रमणकारीले विस्फोट गराए

श्रीलंका सरकारले आइतबार भएको श्रृखलावद्ध विस्फोट आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यसको योजना विदेशमा बनेको सरकारको दाबी छ ।

रक्षामन्त्री आर विजयवर्धनले भने, ‘यो आत्मघाती आक्रमण हो र अहिलेसम्म ७ जना पक्राउ परेका छन् ।’

उनका अनुसार गुप्तचर एजेन्सीले आक्रमणबारे सर्तक गराएको थियो । तर, उनीहरुलाई रोक्नु अगाडि नै विस्फोट भएको भन्दै भने, आक्रमणको योजना विदेशमा बनेको हो ।’

मानिसहरुलाई भने अझै विस्फोटका घटना हुने हो कि भन्ने डर छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1376132
Today
Yesterday
This Week
Last Week
This Month
All days
133
263
3083
1364765
7393
1376132

Your IP: 3.142.156.202
2024-05-19 15:02

Facebook Live Feed