वीरगन्ज फागुन १६, । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ माईस्थान स्थित एक गहना पसलमा लुकाई राखेको करिब २५ केजी २६४ ग्राम विभिन्न प्रकारका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।
माईस्थान स्थित शुभलाभ गहना पसलमा लुकाई राखेको करिब २५ केजी २६४ ग्राम विभिन्न प्रकारका चाँदीका गरगहनासहित सोही पसलमा काम गर्ने वीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाई टोलका विराट सर्राफलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
माईस्थान स्थित शुभलाभ गहना पसलमा अवैध रुपमा भारतबाट राजश्व छली गरी ल्याएका विभिन्न प्रकारका चाँदीका गरगहनाहरु लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पसलमा छपामारी गरी उक्त परिमाणको चाँदीका गरगहना बरामद गरेका हुन बरामद गहना सहित प्रहरीले पसलमा रहेका विराट सर्राफलाई पक्राउ गरेको हो ।
yatradaily