news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

भरवलिया चैत्र २२ — भुमरीसहितको हावाहुरीले मचाएको वितण्डापछि घरवारविहीन बनेका बाराका पीडित आकाशमा कालोबादल देख्ने बित्तिकै तर्सिन थालेका छन् । आइतबार पनि सुरुमा कालो बादल लागेको थियो ।

उत्तरतिरबाट कालो बादल उठेको आधा घण्टा नबित्दै हल्का पानी पर्न सुरु भयो । केही छिनमै बर्खासँगै ठूलो असिना खस्न थाल्यो ।चलेको हावाहुरीसँगै एक/दुई मिनेटमै असिना खस्ने क्रम रोकियो । तर १०/१५ मिनेटसम्म वर्षा भइरहेको थियो ।'सदरमुकाम कलैयालगायत जिल्लाका अन्य भागमा असिना र पानी मात्र पर्‍यो । तर, हाम्रो गाउँमा ज्यानै लिने गरी भुमरीसहितको आँधीबेरी आयो र पूरै गाउँलाई तहसनहस बनाइदियो,' फेटा १ भरवलियाका ८० वर्षीय पारस राउत कुर्मीले भने । 'अहिले कालो बादल लाग्नेबित्तिकै फेरि आइतबारको घटना दोहोरिने होकि जस्तो मनमा कुरा खेल्न थाल्छ,' उनले भने, 'यहाँ हुने वर्षा र पहिला चलेका हावाहुरीलाई हामीले भोगेका छौं ।' टेन्टमा बसेकाले अब त्यस्तै हावाहुरी आए आफ्नो ज्यान बचाउन पनि मुस्किल पर्ने उनले बताए ।


पितापुर्खाले समेत यस्तो हुरीको कथा नसुनाएको कुर्मीले बताए । 'पहिलोपल्ट कहालीलाग्दो हुरीको वितण्डा सहनु र देख्नु पर्‍यो । गाउँका सबैलाई यो घटना दोहोरिने चिन्ताले सताइरहेको छ,' उनले भने ।
गाउँकै अर्का पीडित राजपती मलीले पनि बादल कालो हुने बित्तिकै मन त्रसित हुने गरेको सुनाइन् । 'आँखै अगाडि हुरीले मच्चाएको वितण्डा बिर्सन सकेका छैनौं,' उनले भनिन्, 'आकाशमा केही चम्क्यो भने शरीरमा करेन्ट लागेजस्तो हुन्छ, पहिला जति बादल चम्के पनि मनमा यस्तो हुँदैनथ्यो ।' आइतबारको घटनापछि मन तर्सिने गरेको उनले सुनाइन् ।
स्थानीय सरकारका प्रतिनिधिलाई पनि कालो बादलले तर्साउने गरेको छ । पहिलाको घटना नदोहोरिए पनि एकपटक पानी मात्र पर्‍यो भने पीडितलाई सहयोग पुर्‍याउनै मुश्किल पर्ने जनप्रतिनिधिको भनाइ छ । अहिले गाउँका सडकको अवस्था पनि राम्रो छैन । साँघुरो कच्ची बाटो हल्का पानी पर्ने बित्तिकै हिलाम्य हुन्छ । गाउँमा राहत सामग्री लिएर आउने सवारी साधनसमेत गुड्न नसक्ने अवस्था आउने फेटा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख सुनिलकुमार यादवले बताए ।

'बर्खाले सबभन्दा बढी यहाँका बालबालिका र महिला प्रभावित हुन्छन्,' उनले भने, 'उनीहरुले धेरै सास्ती खेप्नु पर्छ ।' अहिले जुन गतिमा राहत वितरण र टेन्ट निर्माण भइरहेको छ, ती सबै काम गर्न स्थानीय तह, सुरक्षा निकाय सबैलाई समस्या पर्ने उनले जिकिर गरे ।
विशेषगरी, बालबालिका र महिला बादल कालो हुने बित्तिकै तर्सिने गरेको पाईएको उनले आफ्नो अनुभव सुनाए । अर्कोतिर प्रभावित क्षेत्रमा दिनहुँ सानो आकारको भुमरी उठ्ने गरेको छ । भुमरीले धूलो र पातपतिंगर, प्लाटिकका झोला लगायतका सामग्री उडाउन थालेको दृश्यले पनि स्थानीयलाई झस्काउने गरेको छ । यस्ता साना भूमरी पुरैनिया लगायतका गाउँमा उठ्ने गरेको स्थानीय बताउँछन् ।
 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1486491
Today
Yesterday
This Week
Last Week
This Month
All days
187
239
426
1475058
14220
1486491

Your IP: 3.137.142.158
2025-03-31 19:28

Facebook Live Feed