वीरगञ्ज २५ असोज । पर्साकी एकजना महिलाले तिम्ल्या बच्चालाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ९ हरियरपुरकी कविता देवीले तिम्ल्या बच्चालाई जन्म दिएकी हुन् ।
कविताले २ छोरा र १ छोरी गरेर ३ जना बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । प्रसव पिडा पछि अस्पताल भर्ना भएकी सोमबार शल्यक्रिया मार्फत बच्चा जन्माइएको अस्पतालका निर्देशक प्रा. डा. प्रमोद कुमार सर्राफले जानकारी दिए ।डा. सर्राफका अनुसार जन्मेका बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले उनीहरुलाई आमासहित चिकित्सकको निगरानीमा राखिएको छ ।
कविताको अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रियंका चौधरीले शल्यक्रिया गरेकी थिइन भने बच्चाहरुको उपचार डा. विकाश शाह र डा. बुनेश कुमार बादलले गरिरहेका छन् ।