news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज जेष्ठ १५ । राष्ट्रिय दलित पत्रकार संघ, पर्साले रूकुमपश्चिम नरसंहारमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेकाे छ ।

संघले आज प्रेस विज्ञप्ती जारी गर्दै अन्तरजातीय विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकलाई रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वको गाउँलेले कुटेर हत्या गरी उनीसँगै टिकाराम सुनार र गणेश बुढामगरलाई मारेर भेरी नदीमा फालिदिएकाे वताएकाे छ ।

विज्ञप्ती मार्फत लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द साही अझै वेपत्ता भएको घटनाको राष्ट्रिय दलित पत्रकार संघ पर्साले घोरभत्सर्ना र निन्दा गरेकाे छ ।

संघ पर्सा अध्यक्ष श्याम पासवानद्वारा जारी विज्ञप्तीमा अन्तरजातीय विवाह हुनलाग्दा स्थानीयले बिरोध स्वरुप नरसंहार गरेका छन । यो जघन्य अपराधको जतिसुकै निन्दा गरेपनि कमै हुन्छ । घटना जातीय भेदभाव तथा छुवाछूतका कारणले भएको नरसंहार हो ।

कोराना भाइरस लकडाउनको मानवीय संकटका बेला दलित समुदायमाथि दिनानुदिन घटनाहरु भरहेका छन । लकडानको अवधीमा दलित समुदायमाथि १५ वटा जातीय भेदभावका घटनाहरु भएका छन् । तर सरकारले यी घटनाहरुप्रति कुनै गम्भीरता देखाएको छैन ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धानलाई प्रभावकारी बनाएको छैन । घटनाका संलग्न वडाध्यक्ष मल्ललाई प्रहरीले छोडेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएकाे छ ।

यसका साथै प्रमाण नष्टदेखि घटनालाई प्रभावित पार्न प्रहरीले मल्ललाई छाडेको बुझिएको छ । यसले रुकुमपश्चिम नरसंहारको अध्ययन र छानवीनको लागि संसदीय समिति तत्काल घटनास्थल पुगोस । राष्टिय मानवअधिकार आयोग घटनास्थल पुगेर तत्काल सत्यतथ्य बाहिर ल्यायोस भने माग समेत गरिएकाे छ ।

यसगँगै धनकुटा, झापा, सिरहा, सप्तरी, कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा, जाजरकोट लगायतका जिल्लामा हालै घटेका जातीय भेदभाव तथा छुवाछूतका घटनाहरुको तत्काल छानवीन गरी कडा कारवाहीको माग संघले गरेकाे छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1486471
Today
Yesterday
This Week
Last Week
This Month
All days
167
239
406
1475058
14200
1486471

Your IP: 3.15.5.27
2025-03-31 19:05

Facebook Live Feed