news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज जेष्ठ २३ । पर्साकाे ग्रामिण भेगकाे जानकी टाेला नाकाबाट निषेधाज्ञामा पनि खुल्याम तस्करी भइरहेकाे छ । सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुर र प्रहरी चाैकी जानकी टाेलाकाे मिलाेमताेमा खुल्याम तस्करी भइरहेकाे प्रत्यक्ष रुप मै देख्न पाइन्छ ।

निषेधाज्ञाकाे साथ साथै सिमानाका समेत बन्द रहेपनि सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरका प्रहरी निरिक्षक किस्मान तामाङ र प्रहरी चाैकी जानकी टाेलाका प्रहरी नायब निरिक्षक (सई) बसन्त थापाकाे मिलाेमताेमा खुल्याम तस्करी भइरहेकाे स्थानियहरुले वताएका छन् ।

तस्करी गराए वापत दुबै प्रहरी इन्चार्जहरुले ठूलाे रकम नजराना बुझ्ने गरेकाे स्थानियहरुकाे भनाई छ ।

निषेधाज्ञामा पनि साे नाकाबाट खुल्याम तस्करी भइरहेकाे समाचार प्रकाशनमा आएपछि स्थलगत रिपाेर्टिङकाे लागि पुगेका पत्रकार श्याम पासवानमाथी प्रहरीद्वारा अभद्र ब्यवहार भएकाे छ ।

जानकी टाेलाकाे दसाैतास्थित डियुटीमा खटेकाे सशस्त्र प्रहरी बेस क्याम्प भिखपुरका प्रहरी हवलदारले पत्रकार पासवानसंग अभद्र व्यवहार गरेका हुन् ।

पत्रकार पासवानले साे क्षेत्रमा भइरहेकाे तस्करीकाे भिडियाे र फाेटाे लिएका थिए । साेही ठाउँस्थित डियुटीमा खटेकाे सशस्त्र प्रहरी हवलदारले सुरुमा पत्रकार पासवानसंग ब्लु बुक, लाइसेन्स र आईडी कार्ड मागेका थिए । प्रहरीले मागेकाे सबै थाेक पत्रकार पासवानले देखाएपछि उनकाे माेबाईल मागेर अभ्रद व्यवहार गर्दै उनले लिएकाे फाेटाे र भिडियाे डिलेट गरेका थिए ।

सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरका प्रहरी निरिक्षक किस्मान तामाङ कै निर्देशनमा आफुमाथी अभद्र व्यवहार भएकाे पत्रकार पासवानले आराेप लगाए ।

त्यसपछि पुन: पत्रकार पासवानलाई प्रहरी चाैकी जानकी टाेलाले राेकेर अभद्र व्यवहार गर्दै केही समय नियन्त्रणमा राखेकाे थियाे । डियुटीमा रहेकाे प्रहरीले मागेकाे ब्लु बुक, लाइसेन्स र आईडी कार्ड देखाउदा पनि आधि घाँटा सम्म राेकेका थिए । पछि आफुले प्रहरी नायब निरिक्षक बसन्त थापालाई फाेन गरेपछि आफुलाई छाेडिएकाे पत्रकार पासवाले वताए ।
पत्रकार पासवान राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष समेत हुन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499612
Today
Yesterday
This Week
Last Week
This Month
All days
652
2452
4896
1486006
13086
1499612

Your IP: 3.147.205.2
2025-04-18 22:56

Facebook Live Feed