news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २ हजार २११ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २४८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर रहेका २५ हजार ६९० सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ६९२ जना रहेका छन् । तीमध्ये ५७१ जनाको आईसीयू र १८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१०, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ८५६ जना संक्रमित थपिएका छन् । यसैगरी गण्डकीमा २४८, लुम्बिनीमा १४५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कहाँ कति थपिए संक्रमित

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ५६२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।

यस्तै झापामा १८८, मोरङमा १२१, चितवनमा १२०, कास्कीमा ११५ र सुनसरीमा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । मकवानपुरमा ४९, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३८, रुपन्देहीमा ३२, बागलुङमा ३१ र दाङमा २८ जना संक्रमित थपिएका छन् ।

यसैगरी लमजुङमा २७, गुल्मीमा २४ र नुवाकोट र धादिङमा २३/२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 
 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499610
Today
Yesterday
This Week
Last Week
This Month
All days
650
2452
4894
1486006
13084
1499610

Your IP: 3.129.68.127
2025-04-18 22:55

Facebook Live Feed