news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

७ भदौ, रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । तर यसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ ।’ उनको दाबीअनुसार त्यसपछि शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए ।

अनुसन्धानबाट फरक तथ्य खुलेपछि यादवद्वयलाई पक्राउ गरिएको शाहले बताए । उनका अनुसार अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा पक्राउ गरी ६ दिन म्याद थप गरिएको छ । साथै, गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको शाहले बताए ।

रौतहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको थियो ।

onlinekhabar

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1496330
Today
Yesterday
This Week
Last Week
This Month
All days
554
322
1614
1486006
9804
1496330

Your IP: 3.142.43.71
2025-04-16 09:49

Facebook Live Feed