news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

८ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी मार्चसम्म युरोपमा कोभिड संक्रमणका कारण थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

मार्चसम्ममा युरोप र एसियाका केही मुलुकमा कोभिड-१९ का कारण आगामी मार्चसम्ममा थप सात लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको बीबीसीले जनाएको छ । उक्त समयसम्ममा ४९ मुलुकका अति सघन उपचार कक्षमा ‘उच्च वा अत्यधिक भार’ हुने डब्ल्यूएचओको भनाइ छ ।

त्यस्तै, युरोपमा कोभिड-१९ मृत्युको प्रमुख कारक बन्न पुगेको डब्ल्यूएचओले बताएको छ । ‘जारी प्रवृत्ति हेर्दा आगामी वसन्तसम्ममा मृत्यकको संख्या २२ लाखभन्दा बढी पुग्ने देखिन्छ’, मंगलबार डब्ल्यूएचओले भन्यो । पछिल्ला दिन कोभिडबाट मृत्यु हुनेको दैनिक संख्या दोब्बरले बढेर झण्डै ४२ सय पुगेको पनि संगठनले बतायो ।

संगठनका अनुसार खोप नलगाउने मानिसको संख्या धेरै भएको र केही मुलुकमा डेल्टा भेरियन्ट व्याप्त रहेकाले युरोपमा संक्रमण दर उच्च हुन पुगेको हो ।

यसैबीच, डब्ल्यूएचओका युरोप निर्देश निर्देशक डा. हान्स क्लुगेले खोप नलगाएका मानिसलाई लगाउन अपिल गर्दै भने, ‘अनावश्यक त्रासदी र मृत्यु रोक्ने कार्य तथा जिम्मेवारी हामी सबैको हो ।’ यो हिउँदमा समाज तथा व्यवसायमा देखा पर्ने थप अवरोध सबै मिलेर न्यून गर्नुपर्ने समेत उनको भनाइ थियो ।

युरोपमा पछिल्लो समय कोभिड संक्रमितको संख्या तीव्र रुपले बढिरहेको छ । अष्ट्रियामा सोमबारदेखि २० दिनसम्म देशव्यापी लकडाउन लगाइएको छ । फ्रान्स, जर्मनी र ग्रीसले समेत बढ्दो संक्रमणबीच बुस्टर डोज अनिवार्य बनाएर आफ्ना नागरिकलाई पूर्ण खोप लगाउने तयारी गरेका छन् ।

तर पुन: प्रतिबन्धात्मक नियम लागू भएपछि कैयौं मुलुकमा विरोध प्रदर्शन भइरहेको छ । नेदरल्याण्डमा आंशिक लकडाउन लगाउने सरकारको निर्णयपछि प्रहरी र प्रदर्शनकारीबीच कैयौं दिन हिंसात्मक झडप भएको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499622
Today
Yesterday
This Week
Last Week
This Month
All days
662
2452
4906
1486006
13096
1499622

Your IP: 18.116.12.252
2025-04-18 23:03

Facebook Live Feed