वीरगञ्ज, २१ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ माले बृहत घरदैलो गरेको छ ।
जनता समाजवादी पार्टीबाट वडा नम्बर ८ का वडाअध्यक्ष उम्मेदवार रितेश गुप्तालाई जिताउनका लागि सांसद प्रदिप यादव पनि घरदैलो कार्यक्रममा सहभागी भइ सम्पर्ण वडा वासीलाइ जिताउन अपिल गर्नु भएको छ। शिक्षित एवम् योग्य युवालाई वडाअध्यक्षको उम्मेदवार बनाएको हुँदा वडाबासीले सहयोग गरेर वडाअध्यक्षमा निर्वाचित गराउन यादवले आग्रह गरेका हुन् । वडाअध्यक्षकी उम्मेदवार गुप्ताले पनि आफु वडामा निर्वाचित भए टोलका समस्यालाई लाइ प्राथमिकताका साथ समाधान र बिकाश गर्ने बताए ।
आफु विजय भयो भने यहाका वडा वासीका युवा, महिला, जेष्ठनागरिक र बुजुरुक संग हातेमालो गरि वडाको बिकाश गरि नमुना वाडा बनाउने घोसना गरेका हुन्।