जेष्ठ १५, २०८० वीरगन्ज — गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ कैदी बन्दी रिहा भएका छन् । जसमध्ये कर्तव्य ज्यानमा कैद भएका ५ जनाले राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएको कारागार कार्यालयले जनाएको छ ।
बाँकी १२ जना कैदी कैद भुक्तान गरि रिहा भएका हुन् ।गणतन्त्र दिवसका दिन रिहमा हुनेमा ५ जना आममाफीसहित कर्तव्य ज्यान मुद्दाका ७ जना, सवारी ज्यान र चोरी मुद्दाका ३/३ जना, हातहतियार खरखजानाका २ जना र आपराधिक लाभ, ज्यान मार्ने उद्योग, लागूऔषध गाँजाका एक/एक जना गरी १९ जना रहेका छन् ।गणतन्त्र दिवसका दिन रिहा हुनेलाई कैदी बन्दीलाई निमित्त जेलर नवराज बर्तौला, सशस्त्रका डिएसपी लक्ष्मण बराल, सई परमानन्द प्रसाद यादव, कारागारका चौकीदार दिनेश सर्राफले टिका लगाएर बिदाइ गरेका थिए ।