बिरगंज कार्तिक ३ - आज दशैको छैटौ दिन बिरगंजको माइस्थान मन्दिर बिर्तामाइ मन्दिर लगायत पानीटंकी स्तिथ वडा न ८ मा नव निर्मित दुर्गा मन्दिरमा भक्तजनहरुको भिर भार सहित पुजा पाठ गरिदै।
यस पानीटंकी ८ मा बि पी सी कलेजको अगाडी नव निर्मित दुर्गा मन्दिरमा दुर्गा पुजा समिति गठन गरि घटस्थापनाका दिन देखि भब्यरुपमा पुजा पाठ हुदै आइरहेको छ। यस मन्दिरका कारण यस वडाका वरीपरिका टोल छिमेकलाइ पनि पुजा पाठ गरन सहज र रमाइलो भएको अनुभव गरि रहेका छन्। यस मन्दिरको प्राङ्गनामा बेलुका ६ बजे देखि जागरण र प्रसाद वितरण हुने गर्दछ।