news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It
वीरगंज,२० चैत्र । संघिय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवको लामो संघर्ष तथा अथक प्रयास पछि जन्मसिद्धका आधारमा नागरिकता लिएकाहरुको सन्तानले वषंजका आधारमा नागरिकता पाउने भएका छन । जन्मको आधारमा नागरिकता लिएका (जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए वंशजको नागरिकता पाउन बाटो खुलेको हो । जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता नपाएका कारण बेहोर्नुपरेको समस्यालाई गम्भीरता पुर्वक लिएका पर्सा निर्वाचन क्षेत्र ंनम्बर १ बाट निर्वाचीत सांसद यादवले मिति २०७४ साल साउन २५ गते वीरगञ्ज महानगरपालिका कार्यालय, पर्सा जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यवस्थापिका संसदविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । सांसद यादवको पक्षमा फैशला गर्दै सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई संविधानअनुसार वंशजको नागरिकता दिन सरकारलाई आदेश गरेको हो । गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । संविधानमा जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपाली भए वंशजको नागरिकता पाउने उल्लेख छ । जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबाट वञ्चित गराएको प्रति संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले जेठ ४ गते सांसदमा घोर आप्ती जनाउदै नागरिकता प्रदान गर्न माग गरेका थिए । नागरिकताको कारण नेपाली नागरिकहरुले पाउनुपर्ने मौलिक अधिकारबाट वञ्चित भईरहेको प्रति दुःख व्यक्त गर्दै सांसद यादवले दिनानुदिन सरकारको ढोका घच्घच्याउँदै आएका थिए । पटक–पटक राज्यको न्यायीक ढोका ढक्ढकाएर भएपनि अन्ततः जनताको माग सम्बोधन हुनुलाई सांसद यादवले खुशीको पल भएको बताएका छन् ।
 
 
 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1491412
Today
Yesterday
This Week
Last Week
This Month
All days
406
251
5347
1475058
4886
1491412

Your IP: 13.59.206.196
2025-04-06 23:43

Facebook Live Feed