काठमाडौं २१ चैत: त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट ६ किलो सुनसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार दिउँसो प्रहरीले ६ किलो सुनका गरगहना लगाएर नेपाल छिरेका चार भारतीयलाई पक्राउ गरेको हो ।
लुकाएर ल्याएको सुनबारे सूचना आएपछि सादा पोशाकका प्रहरीले निगरानी बढाएका थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एसएसपी सन्दीप भण्डारीले एक पुरुष र तीन महिलासहित चार जनाबाट पाँच किलो चार सय ९७ दशमलव ६ सय ५० ग्राम सुन बरामद भएको जानकारी दिए ।
पक्राउ पर्नेमा भारतका जतिन जैन, सुनिता जैन, बबिता र सरिता जर्क छन्। उनीहरु थाई एयरवेजबाट बैंकक हुँदै सुन लिएर काठमाडौं उत्रिएका हुन्।