चैत २६ - हिजो पुर्व मन्त्री एव रौतहट क्षेत्र ३ का सान्सद प्रभु साहले आफ्नो क्षेत्रको जनतालाई निशुल्क ग्यास सिलिन्डर र चुल्हो बितरन गरेपछि स्थानीय हर्सित भएका छन ।क्षेत्रलाई धुवा रहित बनाउनको लागि प्रदेश न दुइका नेकपा अध्यक्ष समेत रहेका साहले क्षेत्रका सात सय घर धुरीलाइ ग्यास चुल्हो र सिलिन्डर अनि त्यसमा लाग्ने उपकरण निशुल्क बितरन गरेका हुन ।
सोमबार गरुडा नगरपालिकाको शिबनगर चोकमा आयोजित एक कार्यक्रमका बिच नगरपालिकको वाड- ५ अंतर्गत लक्ष्मीपुर , अमरपटी, शिवनगरका स्थानीय बासिन्दाहरुले नेता साहको हातबाट ग्यास सिलिंडर तथा चुल्हा पाएपछि हर्सित र खुसी भएका हुन ।चुनाव जीतेपछि ग्यास सिलिन्डर दिने स्थानीय समक्ष नेता साहले बाचा गरेका थिए ।