news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज  १३  बैशाख ।
पोखरिया नगरपालिकाकीे उपप्रमुख सलमा खातुनको संयोजकत्वमा डेपुटी मेयर क्लब पर्सा गठन भएको छ । जिल्ला भरिका उपप्रमुख तथा उपाध्यक्षहरुको वीरगंज सम्पत्र भेलाले क्लब गठन गरेको हो ।
क्लबको सदस्य सचिवमा पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो चयन भएकी छन ।

भेलामा उपप्रमुखहरुले आफूहरुले भोगेका समस्या तथा हासिल गरेका अनुभवको आदान प्रदान गरेका थिए । युएनडिपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत दिगो बिकासकालागि युवाको सकारात्मक सहभातिा परियोजना अन्र्तगत समाज बिकास समन्वय समितिले आयोजना गरेको भेलाले यस्तो क्लब गठन गरेको हो । क्लबको सल्लाहकारमा बीरगंज महानगरपालिकाका उपप्रमुख सुश्री शान्ति कार्की र जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने रहेका छन ।
क्बलको सदस्यमा पर्सागढी नगरपालिका उपप्रमुख अर्चना चौधरी ,ठोरी गाउँपालिका उपप्रमुख शान्ति थिगं,सखुवा प्रसौनी गाउँपालिका उपप्रमुख फूलमती देवी,बिन्दवासीनी गाउँपालिका उपप्रमुख किरण देवी गुप्ता ,पकाहा मैनपुर गाउँपालिका उपप्रमुख कुसुम देवी जगरनाथपुर गाउँपालिकाका उपप्रमुख बिषमिल्लाह खातुन लगायत सबै पालिका तथा नगरपालिकाका उपप्रमुख सदस्य रहने छन ।
भेलामा उपप्रमुखहरुले पालिकाहरुले सम्पादन गर्ने कामहरुमा देखिएका समस्याका बारेमा चर्चा गरेका थिए । उनीहरुले अनुभव गरेका बिषयहरु पनि छलफल गरेका थिए । आउने दिनमा उपप्रमुखहरुले जनताको अपेक्षा र चाहनालाई पुरा गर्नकालागि क्लब मार्फत पनि काम गर्ने प्रतिवद्धता समेत जनाए । न्यायीक समिति मार्फत न्याय सम्पादन गर्दै आएका उपप्रमुखहरुले न्याय सम्पादनलाई प्रभावकारी बनाउन कलव मार्फत अनुभव आदान प्रदान हुने बिश्वास ब्यक्त गरेका छन ।
उपप्रमुखहरुले आफनो अधिकार क्षेत्रका काम कारवाहीका बिषयमा आपसी जानकारी आदान प्रदान गर्ने जनाएका छन । भेलामा समाज बिकास समन्वय समितिका कार्यक्रम प्रमुख जय नारायण चौधरीले क्लबको गठन र त्यसको अवश्यकताका बिषयमा प्रकाश पारेका थिए । संगठनको आवश्यकताको सन्र्दभ, न्यायीक अधिकार तथा क्लब पदाधिकारी तथा सदस्यहरुले पालना गर्नु पर्ने आचार संहिताका बिषयमा नेपाल पत्रकार महासंघ प्रदेश न ं २ का उपाध्यक्ष के.सी.लामिछानेले प्रकाश पारेका थिए ।
कार्यक्रममा सुश्री शान्ति कार्की ठाकुर न्यौपाने ,किरण गुप्ता ममता महतो अर्चना चौधरी निर्मला भण्डारी कुसुम देवी लगायतले बिचार ब्यक्त गरेका थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1494092
Today
Yesterday
This Week
Last Week
This Month
All days
53
385
3086
1481065
7566
1494092

Your IP: 18.224.246.252
2025-04-12 01:48

Facebook Live Feed