news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १ जेष्ठ । भूमिसुधार कार्यालय पर्साका भूमिसुधार अधिकृतसहित कार्यालयका तामेलदार विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

भूमिसुधार कार्यालय पर्साका भूमिसुधार अधिकृत गमबहादुर विक र तामेलदार प्राणनाथ कसजु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा अभियोग–पत्र दायर गरेको हो।

विकले मोहियानी हकको नक्कली लगत खडागरी मोही बाँडफाँट निर्णय गरेको उजुरीको आधारमा उनीसहित तामेलदार कसुजु विरुद्ध विशेष अदालतमा मुदा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कुमार कोईरालाले जानकारी दिए।

बाराको साविक नकटुवा गाविस–२ को कित्ता नं. ५६ को १० कठ्ठा, वडा नं. ५ को कित्तानं. ११२ को ९ कठ्ठा १० धुर, कित्ता नं. २१३ को ५ कठ्ठा ५ धुर जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडागरी मोही बाँडफाँट निर्णय गरेको भनी आयोगमा उजुरी परेको थियो।

यस्तै भूमिसुधार अधिकृत विक र तामेलदार कसुजुले साविक नगवा गाउँपालिका वडा नं. ५ को कित्ता नं.११२ र ११३ जग्गाको मोहीको लगत सम्बन्धी ३ नं. अनुसूची साथै वडा नं. २ कित्ता नं. ५६ को जग्गाको मोहीको लगत सम्बन्धी १,२ र ३ नं. अनुसूची सच्याउने तथा थपघट गर्ने कार्य गरेको आरोप रहेको छ।

यस्तै नक्कली मोही बनेर बाँडफाँटको लागि निवेदन दिने नगेश्वर राउत कुर्मी विरुद्ध पनि अख्तियारले मुदा दर्ता गराएको छ। राउतले भूमिसुधार कार्यालय, पर्साका कर्मचारीहरूलाई प्रलोभनमा पारी मोहीका अभिलेखहरूमा थपघट तथा सच्याउने कार्यमा प्रपञ्च मिलाउने काम गरेको आरोपमा उनी विरुद्ध विशेष अदालतमा मुदा दायर गराइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

yatradaily 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499528
Today
Yesterday
This Week
Last Week
This Month
All days
568
2452
4812
1486006
13002
1499528

Your IP: 18.217.161.30
2025-04-18 20:00

Facebook Live Feed