news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौ ८। केही हप्ता पहिलेदेखि भएको लगातार वर्षापछि झण्डै १०० जनाले ज्यान गुमाएका थिए । यो बीचमा अहिले फेरि सुरु भएको वर्षाले फरक स्वरुप लिन थालेको छ । गुल्मी सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउदा १३ जनाको मृत्यु भएको छ ।

सोमबार राती आएको अविर वर्षाका कारण पहिरोले घर बगाउँदा मृत्यु हुनेको संख्या १३ पुगेको हो । सत्यवती गाउँपालिका वडा ४ लिम्घामा ४ घर बगाउदा ८ जनाको श ब फेला परेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए ।

उद्धारका लागि स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताउनुभयो । यस्तै ठूलोलुम्पेकमा स्थानीय ३० बर्षीय तिलकुमारी तरामू ,उनका छोरा बर्ष ७ का दर्शन तरामुको मृत्यु भएको स्थानीय जितबहादुर तरामुले जानकारी दिए । यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी तरामु घाइते भएका छन् ।

ठूलोलुम्पेकको दांगसिंगामा राति घर बगाउदा रुद्धबहादुर बिक की आमा माया बिक, छोरी ववि बिक, छिमेकी शर्मिला बिकको घरमा पुरिएर मृत्यु भएको आशंका गरिएको छ । तर, उनीहरुको श व भेटिएको छैन् । अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र यर्थात् विवरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1428770
Today
Yesterday
This Week
Last Week
This Month
All days
2603
612
4129
1417765
7269
1428770

Your IP: 52.15.72.32
2024-11-15 15:20

Facebook Live Feed