वीरगन्ज २२ साउन । आचरण विपरीत काम गरेको अभियोगमा प्रदेश २ का विभिन्न तहका २ सय ८० प्रहरी विभागीय कारबाहीमा परेका छन् । गत आर्थिक वर्षमा विभागीय नियम विपरीत काम गरेका र अमर्यादित क्रियाकलाप गरेको २ सय ८० प्रहरी कारबाहीमा परेका हुन् ।
राम्रो काम गर्नेलाई तत्कालै पुरस्कार र नियम विपरीत काम गर्नेलाई दण्डित गर्ने नेपाल प्रहरीको विभागीय निती अन्तर्गत आव २०७५/०७६ मा उनीहरु कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ज्ञान कुमार महताले जानकारी दिए । मापद पदार्थ सेवन, संगठनप्रति जिम्मेवार नहुनु र कर्तव्य पुरा नगर्नु जस्ता अमर्यादित क्रियाकलपा गरेको भन्दै विभागिय कारबाहीमा परेको प्रवक्ता महतोले जनाए ।प्रदेश २ का आठै जिल्लाबाट एक प्रहरी नायब उपरीषक, ४ प्रहरी निरीक्षक, १७ प्रहरी नायब निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवलदार र १ सय ५७ प्रहरी जवान कारबाहीमा परेको उनको भनाई छ । तीन प्रहरी नायब निरीक्षकसहित १४ जनालाई विभागले सचेत समेत गराएको छ । तीन प्रहरी निरीक्षकसहित १ सय ४० जनालाई (नसिहद) चेतावनी दिएको छ । nagariknetwork.com बाट