news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

साउन २५  -नेपालकै ठूलो घराना व्यावसायिक ग्रुप हो एमभी दुगड। यो ग्रुपका अध्यक्ष हुन् मोतिलाल दुगड।

मोतिलाल दुगडको अरु उद्योगी व्यवसायीको भन्दा अलिक फरक बानी छ।

प्रायः उद्योगी व्यवसायीहरु घर परिवारलाई समय नै दिँदैनन्। त्यसले घरपरिवारको सम्बन्ध नै बिग्रिएका समाचारहरु पनि आइरहन्छन्। उनको हकमा भने यी कुराहरु लागू हुँदैनन्। उनी आफ्नो परिवारलाई र व्यवसायलाई दिने समयको व्यवस्थापन गर्न खप्पिस मानिन्छन्। प्रायः बिहान/बेलुकाको समय आफ्नो परिवारसँग रमाउन चाहने उनी हरेक शनिबार आफ्नो परिवारसहित सिनेमा पुगेकै हुन्छन्।

परिवारसँग मात्रै होइन, कार्यालयमा समेत कर्मचारीहरुसँग घुलमिल हुन चाहन्छन् उनी। कर्मचारीलाई पारिवारिक रुपमा कस्तो समस्या परिरहेको छ। त्यो कुरा उनी गहिरिएर हेर्छन्। कसलाई के समस्या परेको छ। त्यसको जानकारी लिएर सहयोगको हात अघि बढाइहाल्छन्। यही मिलनसारिताले होला कर्मचारीहरु पनि उनीसँग अलि बढी प्रभावित छन्। अन्य कम्पनीहरुमा जस्तो यो कम्पनीका कर्मचारीहरु छोडेर प्रायः जाँदैनन् नै। केही कर्मचारीहरुको त पुस्ता नै दुगड ग्रुपमा काम गरिरहेको उदाहरण पनि छन्। यसको एउटै कारण मोतिलाल दुगडले गर्ने माया हो। उनी हरेक कर्मचारीको समस्यालाई आफ्नो समस्याको रुपमा लिने गर्छन्।

गत हप्ता (साेमबार) उनै मोतिलाल दुगडको स्वर्ण विवाह उत्सव मनाइयो। यो विवाह उत्सव सामान्य उत्सव थिएन। हायात होटलमा भएको विवाह उत्सव उनको लागि यादगार रह्यो। उनलाई आफ्नै अफिसमा काम गर्ने कर्मचारीहरुले गरेको ‘सरप्राइज’ बन्दोबस्तीले उनी ज्यादै प्रभावित बने। उनको यो स्वर्ण उत्सव ५०औँ विवाह उत्सव (म्यारिज एनिभर्सरी) आउन लागकोमा कर्मचारीहरुले पनि विशेष तयारी नै गरे।

अफिसको काम सकिएपछि उनीहरुले करिब एक महिनाअघि नै कस्ता–कस्ता कार्यक्रमहरु गर्ने, कसरी गर्ने अनि को को सहभागी हुने, कसको क्षमता कस्ता खालका प्रस्तुतिको लागि सुहाउँछ, त्यसको लागि उनीहरु लागि परे। सोहीअनुसारको प्रस्तुतिहरु उनीहरुले ‘मोतिबाबु’को लागि दिएका थिए। मोतिबाबु कर्मचारीदेखि घरपरिवारमा उनलाई बोलाइने नाम हो।

 यस्तो थियो कर्मचारीको ‘सरप्राइज’

दुगड ग्रुपका काठमाडौंस्थित हाइड्रोपावर र अटोमोबाइल्सका लगभग ५ सय कर्मचारीहरुले भव्य रुपमा काठमाडौंको हायात होटलमा भव्य पार्टी दिएका हुन्। अध्यक्ष मोतीलाल दुगड़ र उनका धर्म पत्नी सरोज दुगडको ५०औँ वैवाहिक स्वर्ण जयन्ती समारोेह हायात होटेलको प्राङ्गणमा पाइला टेक्नासाथ जन्ती लस्कर र फूलमालाले सजाइएको बग्गी र त्यसको ठीक अगाडि रोयल इन्फिल्ड र भेष्पाको दमदार पहरासँगै खाँटी नेपाली पञ्चेबाजा र ब्याण्डबाजामा दम्पतीको बग्गी सवारीलगत्तै वरमालासहित पुनः विवाहको कार्यक्रम गरिएको थियो। सँग–सँगै करिब सात घण्टाको सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो।

कार्यक्रममा एमभी दुगड ग्रुपका अध्यक्ष, परिवार र सम्पूर्ण पुरुष कर्मचारीहरु राष्ट्रिय पोसाक दौरासुरुवाल र भादगाउँले टोपीमा प्रस्तुत भएका थिए, उक्त कार्यक्रममा प्रस्तुत गरिएका कल्चरल वाक, सांस्कृतिक नृत्य, अनप्लग गायन, स्ट्याण्ड अप कमेडी, र्‍यापलगायत विशेष प्रस्तुतिहरु कर्मचारीहरु र परिवारबाट मात्र गरिएको थियो।

कार्यक्रममा हाल कार्यरत कर्मचारीहरु, उनका परिवारहरु, भूतपूर्व कर्मचारीहरु र उनका परिवारहरु सहभागी थिए। कार्यक्रममा ‘मोतिबाबु’ले कर्मचारीहरुमा लुकेको प्रतिभा देखेर प्रसन्न हुँदै यस्तो अभूतपूर्व माया, आकर्षक प्रस्तुति र ऐतिहासिक सम्मान पाएकोमा आफ्नो व्यापारिक र औद्योगिक ५५ वर्षको यात्रा सफल भयो भन्ने मार्मिक उद्गार प्रकट गर्दै स्टेजमा भावुक रुपमा प्रस्तुत भएका थिए।

उपाध्यक्ष तथा मोतिबाबुको दारो विवेक दुगड़ले पनि आफ्ना बुबा, आमाका निमित्त आफ्ना एमभी दुगड ग्रुपका कर्मचारीहरुले हृदयदेखि नै देखाएको साहसिक सांस्कृतिक प्रस्तुतिको खुलेर तारिफ गर्दै पूजामा संलग्न पण्डितदेखि कार्यक्रम कोरियोग्राफी, कलाकार र कार्यक्रम सञ्चालन गर्ने समेतको आफ्ना कर्मचारीहरुका प्रतिभा देखेर गर्व महसुस भएको व्यक्त गरेका थिए।

कार्यक्रममा पोखिएको भावना

PVSR7359

उक्त कार्यक्रममा मोतिबाबुले व्यवसायको दौरानमा आज मात्रै आफू सफल भएको अनुभव गरेको बताउँदै प्रसन्नता व्यक्त गरे। उनले कर्मचारीहरुले आदारपूर्वक गरेको यो प्रस्तुतले आफ्नो मन जितेको र आफूलाई सफल भएको मनस्थिति सिर्जना गरेको बताएका हुन्। उनी उक्त कार्यक्रमकै दौरान भने कर्मचारीहरुको यस्तो प्रतिभाहरु पनि छन् भन्ने आफूले नसोचेकोले यस्तो कर्मचारीहरु पाउँदा औधी खुसी लागेको उनले बताएका थिए।

त्यस्तै उनका छोरा विवेक दुगडले बिजनेसम्यानहरुको यस्तो उत्सव खाएर र पिएर सकिने भए पनि बुवाको यस्तो भव्य पुनर्विवाह देख्न पाएकोमा खुसी व्यक्त गरे। उनले यस्तो उत्सव कमैले मात्रै देख्न पाएको र आफूले पैसा तिरेर अन्य स्थानमा हेरेको शोभन्दा पनि यो निकै रमाइलो रहेको उनको भनाइ छ। त्यस्तै कम्पनीका कर्मचारी (पीआर हेड) विमला थापा भन्छिन्, ‘यो एकल कर्मचारीको प्रयासमा भएको होइन, यो कर्मचारीहरुको सबै सहयोगले भएको हो। यसमा भवना जोडिएको मात्रै रमाइलो गर्न पनि यो कार्य हामीले गरेका होइनौँ। हामीले मोतिबाबुलाई दिएको गिफ्ट नै यही हो। उहाँलाई हामीले आदर गरेर केही दिनुपर्ने भन्ने मानसिकताबाट यो भएको हो।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1428858
Today
Yesterday
This Week
Last Week
This Month
All days
7
2684
4217
1417765
7357
1428858

Your IP: 3.145.38.80
2024-11-16 01:42

Facebook Live Feed