वीरगन्ज २ असोज । राजपा पर्साले संविधान दिवस ३ गते का दिन भोली वीरगन्जमा बिरोध सभा र प्रदर्शन गर्ने भएको छ । रानीघाटस्थित पर्सा धर्मशालामा बसेको राजपाको बैठकले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने पार्टीको निर्णय अनुसार वीरगंजमा सो दिन विरोधसभा गर्ने महासचिव शिव पटेलले जानकारी दिनु भयो ।
बैठकले असोज ३ गते रातो दरबारमा भेला हुने र १ बजे घण्टाघरबाट विरोध ¥याली प्रदर्शन गरी पुनः सोही स्थानमा पुगेर विरोधसभा गर्ने पटेलले जानकारी दिए ।जिल्ला संयोजक जगदीश पटेलको सभापतित्वमा शुरु भएको कार्यक्रममा प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी, मोहन चौधरी, उषा चौधरी, रम्भा मिश्रा, रमेश गुप्ता, रामचन्द्र पण्डित, श्रीराम गिरी, राजेश साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।