बिरगंज अस्विन ३ - संबिधान दिवस २०७६ को अवसरमा बिरगंज कारागार पर्सा बाट कैद मिनाहाका लागि सिफारिश गरिएका १४ जना कैदीहरु मध्य १२ जना कैदीको बाकि कैदी मिनाहा भएको छ ।
कैदी मिनाहा भएका कैदी र निजहरुका आफन्तजन हरुमा हार्दिक बधाई समेत कारागार प्रमुखले दिएका छन् भने कैद मुक्त भएका कैदीहरुको बाकि जीवन सुख र रचनात्मक रहोस भनि सम्झाएका थिए । कैद मुक्त हुनेमा ज्यान मर्ने उधोग-२ कत्रब्य ज्यान तर्फ ४, सवारी ज्यान तर्फ ४, कुट पिट तर्फ १, गर्भ पतन तर्फ १ जम्मा १२ मध्य महिला एक रहेका छन् बैक्ति गोपनियताका कारण नामावाली सार्बजनी गर्न उचित नदेखिएका कारण न राखिएको कारागार फेस बुक मार्फत जानकारी दिएका छन् ।