वीरगंज १५ पुष। वीरगंज महानगरपालिकाका एक कर्मचारीलाई अख्तियारले रु १५ हजार घुसकाे रकम सहित हिजो पक्राउ गरेकाे छ । अख्तियार दुरुपायाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडाकाे टाेलीले आज दिउसाे महानगरपालिकाका कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई पक्राउ गरेकाे हाे ।
अख्तियारकाे एक टाेलीले वीरगंज महानगरपालिकाकाे कार्यालयमा छापा मार्दै महानगरपालिकाकाे लेखा अधिकृत रुपनारायण राउतकाे कार्यकक्षबाट कम्प्युटर अपरेटर जयसवाललाई घुसकाे रकम सहित पक्राउ गरेकाे हाे ।
वीरगंज महानगरपालिका वडा नं. ४ निवासी जयवालले वीरगंज महानगरपालिकाकाे वडा नं. ३० स्थित सडक ढलानकाे सम्पन्न प्रतिवेदनकाे लागि सेवाग्राही संग घुस मागेका थिए । साेही घुस रकम सेवाग्राही संग लिने क्रममा रंगे हात जयवाललाई पक्राउ गरिएकाे अख्तियारकाे टाेलीले जनाएकाे छ ।जयसवालले लिएकाे घुसकाे रकम लेखा अधिकृत राउतकाे कार्यकक्षकाे साेफाबाट बरामद भएकाे थियाे । जयसवालकाे यस्ता गुनासाेहरु धेरै आए पछि छापा मारी गरिएकाे अख्तियारकाे एक कर्मचारीले वताए । तर पक्राउ परेका जयसवाले मलाई फसाइएकाे वताएका छन् ।