news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज २२ चैत । बिरगंज नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सासंद अनिल रुगंटाले वीरगन्जको नारायणी अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराएका छन् ।

शुक्रबार अस्पतालको अनुगमन गर्ने क्रममा अस्पतालका मेसु डा. मदन उपाध्यायले निजि अस्पतालमा विभिन्न बहानामा विरामीहरुलाई भर्ना लिन नमानेपछि यहाँ ह्वातै विरामीको संख्या बढ्न बढेको बताएका थिए । थप उपकरणहरुको अभावमा गम्भीर प्रकृतीका विरामीलाई यहाँबाट बाध्य भएर रेफर गर्नु परेको गुनासो गरेका थिए ।

मेसुको गुनासो सुनेपछि नेता रुगंटाले तत्काल ३ थान ग्यास आपुर्ती गर्ने अक्सिजन कनर्सन्ट्राक्टर उपलब्ध गराउँन प्रतिबद्धता जनाउँदै यसको खरिदको लागि आवश्यक प्रकृया शुरु गर्न सुझाव दिए । उनले भने, ‘भोलीदेखि नै यसको खरिद प्रकृयामा लागि हाल्नुस् यसमा लाग्ने सम्पूर्ण खर्च आफूले नै व्यवहेर्ने छ ।’

नेपालमा पनि ६ जनामा पोजेटिभ भेटिएको छ । पूर्व सासंद समेत रहेको नेता रुगंटाले भने, आवश्यक परे अस्पतालको प्रसुती गृहको खाली रहेको तेश्रो तल्लामा आइशोलेसनको लागि सम्पूर्ण व्यवस्था मिलाउन तयार रहेको छु ।

मेसु डा. उपाध्यायलाई अस्पतालमा आउने विरामीलाई सहघन उपचार हुनुपर्छ यहाँबाट उपकरणको अभाव अथवा हुनैपनि बहानामा अन्तै रेफर नगर्न सुझाव दिँदै उनले भने,‘तपाई हामीलाई भन्नुस् के को व्यवस्था मिलाउनुपर्छ त्यसको लागि २४ औं घण्टा सहयोग गर्न हामी तयार छौं ।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1488790
Today
Yesterday
This Week
Last Week
This Month
All days
1600
664
2725
1475058
2264
1488790

Your IP: 18.188.236.178
2025-04-02 06:42

Facebook Live Feed