news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, चैत्र २५ – सरकारको निर्देशनलाई अवहेलना गरी बाराको एक ग्याँस उद्योगले आफूखुसी ग्याँस विक्रि वितरण गरेको आरोपमा अनुगमन तथा निरिक्षक टोलीले ग्याँस उद्योगमा शिलबन्दी गरेर विक्रि वितरणमा रोक लगाएको छ।

स्थानिय प्रशासन, वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम अमंलेखगंज लगायतको सम्मीलित अनुगमन टोलीले सोमबार बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ बहुअरीमा रहेको लियो बारा ग्याँस उद्योगमा छापामारी गरेको थियो ।

ग्याँस आपुर्तीलाई सहज बनाउँन सरकारले लकडाउन अवधिभर प्रति सिलिण्डरमा आधा ग्याँस अर्थात ७ दशमलव १ किलो ग्याँस विक्री गर्ने निर्देशन दिएको थियो तर अनुगमनको क्रममा फुल सिलिण्डर १४ दशमलव २ किलो भरेर नै विक्री गर्न तयारी गरेको अवस्थामा फेला परेको हो ।

५३२ वटा सिलिण्डरमा फुल र २८८ वटामा हाप ग्याँस भरेर उपभोक्तालाई विक्री वितरण गर्नको लागि तयारी अवस्थामा राखिएको अनुगमन गर्ने क्रममा भेटिएको वाणिज्य तथा आपुर्ती उपभोक्ता संरक्षण कार्यालय पर्साका प्रमुख जित बहादुर भण्डारीले बताए ।

उनले भने, लकडाउनको बेला जनताले ग्याँसको अभाव सृजना गरी अन्य उपभोक्तालाई मारमा पार्ने गरेका छन, यसमा उद्योगले पनि सघाई रहेको छ । सरकारले नै ग्याँसबाट कुनैपनि जनता बन्चित नहोस् भन्ने उदेश्य राखेर हाप सिलिण्डरमा ग्याँस भरेर विक्री गर्न ग्याँस उद्योगलाई निर्देशन दिएको छ ।

तर उद्योगहरुले आफना नजदिकीलाई फुल ग्याँस भरेको सिलिण्डर लुकिछिपी पठाई उद्योगले नै ग्याँस अभावको सृजना गर्न खोजेको छ, प्रमुख भण्डारीले भने, ‘ पहुचवालाले घर घरमा ग्याँसको भण्डार नै लागेको छ, तर सर्वसाधारणलाई खाना पकाउँन ग्याँस पाउँन सकिएको छैन् ।

अनुगमन टोलीले उद्योगमा रिफिल गरिएको ग्याँस सिलिण्डरलाई विक्री वितरण तथा उद्योगले अरु कुनैपनि कारोबार गर्न नपाउँने गरी रोक लगाउँदै शिलबन्दी गरेको छ । नेपाल आयल निगमलाई त्यसबारे छानविन गरी आवश्यक कारवाहीको जिम्मा दिएको उनले बताए ।

सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन लागु गरेको ‘लक डाउन’ मा जनतालाई ग्याँस, खाद्यान्न लगायत अतिआवश्यक वस्तुको अभाव हुन नदिन प्रतिबद्धता जनाएको छ ।

सरकारले नै लगाएको नियमको पालना नगरेपछि सरकारको अनुगमन टोलीले सक्रिय भएर बजारमा अनुगमन तथा निरिक्षण कार्यलाई तिव्रता दिदै आएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499569
Today
Yesterday
This Week
Last Week
This Month
All days
609
2452
4853
1486006
13043
1499569

Your IP: 18.117.154.75
2025-04-18 21:49

Facebook Live Feed