वीरगञ्ज जेष्ठ १४ : पर्सा जिल्लामा रहेका पुर्नस्थापना केन्द्रहरुको सक्रियतामा निशुल्क भोजन शिविर सञ्चालन भईरहेको छ ।
वीरगञ्जस्थित बसपार्कमा अलपत्र परेकाहरुका लागि भोजन शिविर सुरु गरेको पुर्नस्थापना केन्द्र आस्था नेपालका प्रमुख गौरव वर्माले जनाएका छन् ।
लकडाउनका कारण घर जान नपाएका करिब ८० जनाका लागि लकडाउन अवधी सम्म भोजनको व्यवस्थापन गरिने वर्माले बताए ।
यस क्षेत्रका राइजिङ नेपाल, निता फाउन्डेसन,बिस्वास,मुक्ति ब्लक बि र माया नेपाल लगायतका पुनर्स्थापना केन्द्रहरूकाे सक्रिय सहभागीता र सहयोगमा निशुल्क भाेजन शिविर सञ्चालन भएकाे हाे ।