२४ माघ, काठमाडौं । टर्कीको गाजी एन्टेप सहर नजिक केन्द्र बनाएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ ।
बीबीसीका अनुसार उक्त भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गुमाएका छन् । दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको छ । भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ । सिरियामा केही राष्ट्रहरूले प्रतिबन्ध लगाएका कारण उद्धार तथा सहायता पुग्न ढिलाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले खबर लेखेका छन् ।