परमशिला बनिया
नेपाल भारत बिचको बिवाद चरम बिन्दमा पुगिसकेको छ । यहाँ सम्म की सदियौं देखि चलि आएको रोजिरोटी र चेलीबेटीको सम्बन्धमा पनि नेपाल र भारत बिस्तारै टाढिदै छन । तर सोच्नु पर्ने कुरा के छ भने के नेपाल र भारत बिचको यो मन मुटाव सम्भव छ ? के अहिलेको अवस्थालाई लिएर भारतबाट नेपाल आएकी चेली अब फेरी भारत नजाने कि नेपाल बाट भारत गएकी चेली अब नेपाल नआउने ? एस्तो कठिन परिस्थितिमा चेलीले कस्को माया मार्ने जन्म घरको की कर्मघरको ? जन्म घर छोड्ने की कर्मघर ? दुई देशका राजनितिक दलका नेताहरुले भूमि बेच्ने किन्ने गरेका हुन की सम्झौता गरी दान गरेका हुन ! उनको कुरा उनैले जानून । तर दुई देश बिचको यो बिवादले ककसलाई मर्कामा परेको छ र पार्ने हो कसलाई के थाहा ? नेपालको ठुला नदिहरुको उचित व्यवस्थापन नगर्दा भारतको बिहारका लाखौ जनतामा ठुलो असर पर्छ र भारतबाट कतिपय यस्ता सामानहरु छन जुन नेपालमा नल्याई नेपालीहरुको गुजारा चल्न सक्दैन । यतिमात्र कहाँ हो र ! दुई देश बिचका मिल्दा कला, गला, रितिरिवाज, रहनसहन, भेषभुषा र मिल्दो वातावरणीय मौसम यसलाई कसैले रोकेर रोकिन सक्छ ?
कसैको ध्यान गएको छ की दुई देशका जनताहरुले एकआपसमा हाँस्न, नाच्न, गाउन, लाउन र थरीथरीका सिपहरु पनि सिकेका छन । यदि यसलाई कसैले मान्न तयार छैन भने त्योे कुरा आफ्नो ठाउँमा छ । आवेशमा आएर नेपालमा भारतीय चैनलहरु बन्द गरीए तर छोटो समयमै खोल्नु पर्यो किन सधैंको लागि बन्द गर्न सकिएन त ! किनभने भारतिय कला, गला र संगीत नेपालीहरुलाई धेरै मन पर्छ । होइन भने नेपालकी चर्चीत गायीका अन्जु पन्तले भारतीय चर्चीत गायीका लता मंगेश्करको गीत गाउने थिइनन । भारतमा कपिलले चलाएको हांस्यव्यंग्य कार्यक्रम नेपालमा हुबहु त्यही तरीकाले चलाउने थिएनन । कलाले कला सिकाउँछ । अनुसरण गर्नु नराम्रो हो भनेको होइन । नेपालमा यस्ता दर्शकहरु पनि छन जो प्रत्यक दिन प्रायः भारतीय चैनल हेरेर मनोरञ्जन लिने गरेका छन । यदि यस्तो हो भने हामी नेपालीहरुलाई भारतीय मान्छेसंग घृणा हो की, भारतीय बोलीसंग, रितिरिवाज, धर्म संस्कार, परम्परा, पहिरन भेषभुषासंग हो वा भारतीय राजनितिक दलसंग हो ? यदि राजनितिक दलसंग हो भने जहाँको कुरा त्यहीँ टुङग्याउन सक्नुपर्ने पो हो । यदि पूर्ण भारतसंग नै घृणा हो र भारत को सहयोग बिना नै हामी धानिन सक्छौं भने हामिलाई नेपाल सरकारले आत्मनिर्भर बनाउन सक्नुपरयो नि !
नेपालमै नुन देखी सुनसम्म सम्पुर्ण नेपाली जनताका माझ पुरयाउन सक्नु परयो । यदि सरकारलाई देश र देशबाशीको धेरै चिन्ता छ भने बर्षामास तराई मधेशमा मलखादको अभाव छ भन्नेकुरा थाहा हुनुपर्ने पो हो ! किसानले खेतमा मल नहाल्ने ? सरकारले किसानलाई मलखाद बितरण गरयो ? कति गरयो ? किसानलाई कति आवस्यकता हो सोध्यो ? ककसले मल पाए छानबिन भयो ? यसको जिम्मेवारी कसले लिने नेपाल सरकारले वा अन्य देशले ? सरकारले पठाएको मल पूर्ण रुपमा किसानको माझमा पुग्यो वा कसैको थैलोमा एसको बिचार गरीयो ? यसरी हेर्दा खाए खा नखाए घिंच भन्ने नेपाल सरकारको धारणा हो भन्ने बुझिन्छ । भारतबाट नेपाली किसानले चोरेर मल ल्याउँदा लघारेर किसानलाई पिट्न सिपालु पुलिस प्रशासनले नेपालमै किसानलाई मल उपलब्ध गराउन सक्नुपर्ने हो नि । आज किसानले खेति सपार्न सकेनन र किसानको घरमा धान चामल भएन भने कसले दिन्छ खान । कुर्सिमा बसेर ठुला गफ लगाउने नेताज्यूहरुको चौतर्फि ध्यान नगए ठूला ठूला गफको के काम ?
आज कुन कारणले गर्दा देशमा तस्कर, कालो बजारी, भ्रष्टाचार बढेको छ । जे होस यो सबै मार घुमिफिरी तराई मधेशका जनतामा नै पर्ने हो । त्यसैले कुराभन्दा काम पहिला गर्नुपर्ने हो की ! के हामी एक अर्काको सहपाठी नबन्ने नै हो त ? हामी नेपालीहरु एक मतमा बिना बिभेद पहिला कसैलाई पनि कुनै जात, वर्ग, रंग, लिंग यो वा त्यो नभनी समतापूर्ण वातावरणमा बुद्धको देशमा शान्तिमय तरीकाले सुखी जीवन बाँच्न सिकौं । अरुलाई दोष लगाउनु भन्दा हामी आफैं आत्मनिर्भर बनौं ।
परमशिला बनिया
(लेखक एक पत्रकार हुन् ।)