बीरगंज, १६ चैत्र
नारायणी अस्पतालका डाक्टर सच्तिानन्द यादव को कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएपछि सो घटनाको विरोधमा आज बिरगंजमा विरोध ¥यालि प्रदर्शन गरिएको छ ।
बीरगंजको घण्टाघरबाट निकालिएको बिरोध ¥याली नगर परिक्रममा गरी पुनः घण्टाघरमा आइ कोणसभामा परिणत भएको थियो ।
पूर्व साँसद जयप्रकाश यादवको सभापतित्वमा भएको कोण सभामा सहभागि वक्ताहरुले डाक्टर यादवलाई सर्वस्व सहित जन्मकैदको माग गरेका छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य करिमा बेगम, डाक्टर सुष्मा तिवारी, रम्भा मिश्र, मुनी श्रीवास्तव, मोनिका सिंह, बृजेश्वर चौधरी, प्रकाश थारु लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।